• काठमाडौं, ८ पुस । सात प्रदेशका डिआइजीमध्ये चार डिआइजी डेढ महिनापछि अवकाश पाउँदैछन् । अवकाश हुन लागेका डिआइजीलाई प्रदेशमा खटाउँदा भ्रष्टाचार मौलाएको छ । अवकाश हुने बेला डिआइजीहरु घुुमुवा खटाएर असुल्नमा व्यस्त भएका छन् ।

    प्रहरी महानिरीक्षक र गृह मन्त्रालयले समेत त्यसमा चासो दिएको छ । प्रदेश नम्बर पाँचका डिआइजी सुरेशविक्रम शाह, गण्डकी प्रदेशका विनोद शर्मा घिमिरे र कर्णाली प्रदेशका पूर्णचन्द्र जोशी असुलीमा लागेका हुन् । उनीहरुविरुद्ध प्रहरी प्रधान कार्यालयमा समेत उजुरी बढेको छ ।

    गण्डकीका डिआइजी घिमिरेले त रेट नै तोकेर मातहतका युनिटहरुसँग मागिरहेको स्रोत बताउँछ । यससम्बन्धी उजुरी तीन महिनाअघि नै प्रहरी प्रधान कार्यालयमा पुगेको थियो । तर, उजुरी छानबिन शाखाले सामान्य छानबिन गरेर फाइल तामेलीमा राखेको छ । प्रदेश नम्बर पाँचका डिआइजी शाहले तस्करीको लाइन खोल्न एसपीहरुलाई दबाब दिइरहेका छन् ।

    सामान्यतया अवकाश हुन लागेका अधिकारीलाई इन्चार्जमा खटाइँदैन । तर, राजनीतिक पावरकै आधारमा उनीहरु प्रदेश इन्चार्जका रुपमा काम गरिरहेका छन् ।

    उता प्रहरीमा एसएसपी बढुवामा यसपटक पनि ठूलै संघर्ष हुने देखिएको छ । जुनियर ब्याचका एसपीहरुसमेत बढुवाको दौडमा लागेपछि बढुवाका लागि चलखेल बढेको छ । जुनियर ब्याचका एसपी चन्द्रकुबेर खापुङ बढुवा हुने भन्दै जिल्ला इन्चार्जसमेत गएका छैनन् । उनी कर्मचारी प्रशासनमा छन् ।

    एसएसपीका ८ पद रिक्त हुँदैछन् । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अवकाश हुनुअघि इन्सपेक्टरसम्मको बढुवाको तयारी गरेका छन् ।

    प्रहरीसँगको सेटिङमा मरिच भारत तस्करी
    खुल्ला सीमाको फाइदा उठाउँदै नेपालसँग सीमा जोडिएका २ नम्बर प्रदेशका जिल्लाहरुबाट ठूलो परिमाणमा मरिच तस्करी हुने गरेको छ । विगतमा सुपारी तस्करी हुने गरेको भए पनि केही वर्षयता मरिच र केराउ तस्करी हुने गरेको छ ।

    मरिच तेस्रो मुलुक भियतनाम, अर्जेन्टिना लगायतका देशबाट सुख्खा बन्दरगाहमा ल्याउने गरिन्छ । र, त्यसरी आयात भएको मरिच नेपालबाट भारततर्फ तस्करी हुने गरेको छ । मरिच तस्करीमा प्रहरीकै मिलेमतो रहने गरेको स्रोतले बताएको छ । २ नम्बर प्रदेशका भारतसँग जोडिएका जिल्लामध्ये पर्साबाट बढी मरिच तस्करी हुने गरेको छ ।

    बारा, महोत्तरी, धनुषा, रौतहटबाट पनि फाटफुट मरिच तस्करी हुँदैआएको छ । तर, सबैभन्दा बढी तस्करी पर्साबाटै हुने गरेको छ । पर्साको वीरगंज भन्सार आसपास, एकीकृत जाँचचौकी (आईसीपी) नजिकको हरैया नाका, इनर्वा, प्रसौनी, भिस्वा, जानकीटोला, पाण्डेपुर, पोखरीया जस्ता नाकाबाट बढी मरिच तस्करी हुँदै आएको छ ।

    २०७६ पुस ४ गते बीरगंज महानगरपालिका १६ इनर्वा नाकाबाट ना २ ख ९८०२ नम्बरको ट्रकमा मरिच लोड गरेर भारततर्फ लैजाँदै गरिएको एक सय बीस बोरा अबैध मरिच प्रहरीले बरामद ग¥यो । करिब ३० क्वीन्टल (१ सय २० बोरा) मरिच लोड गरिएको उक्त ट्रकमा मरिच तस्करी भइरहेको सूचना २ नम्बर प्रदेश प्रहरी कार्यालयका डीआइजी प्रद्युम्न कार्कीले पाए ।

    उनले तुरुन्त पर्सा प्रहरी प्रमुख एसपी सोमेन्द्रसिंह राठौरलाई ट्रक नम्बरसहित दिएर बरामद गर्न निर्देशन दिए । डीआईजीको निर्देशनपछि तस्करहरुको पर्सा प्रहरीमा सेटिङ भए पनि प्रहरीले उक्त ट्रक बरामद गर्न बाध्य भएको थियो ।

    मरिच लोड गरिएको ट्रक बरामद भए पनि तस्करहरु भने भागेको जानकारी एसपी राठौरले दिएका छन् । तर, तस्कर भागेका होइनन् भगाइएको प्रहरी स्रोतको दाबी छ । प्रहरीले बरामद मरिचसहितको ट्रकलाई थप अनुसन्धान र कारबाहीको लागि वीरगंज भन्सार कार्यालय पठाएको छ । उक्त मरिच सुरेश चाचानको भएको बताइएको छ ।

    पर्सा प्रहरीका प्रमुख एसपी राठौरले आफू सरुवा भएपछि अपराध महाशाखामा हुँदा आफ्नो पिलरमा काम गर्ने प्रायः सबैलाई उनीसँगै सरुवा गरेर लगेका छन् । सई बिदुर खतिवडा, हवल्दार सुरेन्द्र कार्की र इन्स्पेक्टर असरफ अली अन्सारीलाई उनले पर्सामा आफूसँगै लिएर गएका छन् ।

    जबकि २ नम्बर प्रदेशका डीआइजी कार्कीले अरु त परै जाओस् चालक र बडीगार्डसमेत आफूसँग पहिला काम गरेकालाई लान आवश्यक ठानेनन् । प्रदेशमा विगतमा काम गरेका प्रहरीलाई नै डीआईजीले विश्वास गरेका छन् ।

    एसपी राठौरले सई खतिवडालाई घुमुवा टोलीको इन्चार्ज बनाएका छन् । र, पर्साका इनर्वा, जानकीटोलादेखि सबै नाकामा अनुकूलका इन्चार्ज पठाउने र मासिक घुस उठाउने जिम्मा दिएको स्रोत बताउँछ । आफैं प्रत्यक्ष घुस नलिने एसपी राठौरले सबै काम र दामको कारोबार यी तीनजनाबाट गर्दैआएका छन् ।

    मरिच तस्करी हुने मुख्य नाका इनर्वा आइसीपी नजिकै पर्दछ । उक्त नाकामा पहिला सई सुमन सिंहलाई मासिक निश्चित रकम बुझाउने सर्तमा सई खतिवडाले दररेट दिए । तर, उनले भनेजति बुझाउन नसक्ने भनेपछि उनलाई पठाइएन । र, असई नेत्रबहादुर खड्कालाई नै इन्चार्जका रुपमा राखिएको छ । खड्का पनि कुनै बेला राठौरसँगै काम गरेकाले सेटिङमा सामेल गर्न सजिलो भएको छ ।

    राठौरले अपराध महाशाखाबाट लगेका तीनैजना विवादित छवि भएका प्रहरी हुन् । यसरी पटक पटक विवादमा परेका प्रहरीलाई लानुको आसय असुली नै हो भन्ने प्रहरी स्रोतको भनाइ छ । मरिच तस्करहरु संजय अग्रवाल, राजेश महतो नुनिया, सुरेन्द्र, राजकुमार यादव, सुरेश चाचान लगायतसँग बिदुर खतिवडामार्फत् सेटिङ गरी निर्धाध तस्करी हुने गरेको छ ।

    अग्रवाल ग्लोबल लेदर ट्रेनिङ उद्योगका सञ्चालक हुन् । तर मरिचको तस्करी गर्दागर्दै उनी पक्राउ परेका थिए । प्रहरीले १७ मंसिर, २०७५ मा वीरगंज–१६ भस्वा भेडिहारीमा राजेश महतो नुनियाको नाममा दर्ता रहेको पशुपति फुड ट्रेडर्समा छापा हानी सात सय किलो मरिचसहित नुनियालाई पक्राउ गरेको थियो ।

    प्रहरीले २०७५ जेठ २१ मा १२ मेट्रिक टन मरिच भारततर्फ लान लागेको अवस्थामा बरामद गरेको थियो । उक्त मरिच भारततर्फ लाने संजय अग्रवाल र उनका भाइ उत्तम अग्रवाललाई पनि प्रहरीले पक्राउ गरेको थियो । अग्रवाल र नुनियाको समूहले राठौर पर्सामा सरुवा हुनासाथ सेटिङ गरी मरिच तस्करी गर्दैआएको छ । अग्रवाल दाजुभाइले छाला निकासी गर्ने भनेर मरिच भारततर्फ लगेको फेलापरेको थियो ।

    मरिच तस्करीमा संलग्न व्यापारीका अनुसार भारतमा मरिच आयातमा करिब ७० प्रतिशतभन्दा बढी राजस्व तिर्नुपर्छ । आफ्ना किसानको उत्पादनलाई प्रवद्र्धन गर्न भारत सरकारले मरिच आयातमा उच्च कर लागू गरेकाले सीमावर्ती क्षेत्रका नेपाली व्यापारीले तेस्रो मुलुकबाट मरिच नेपाल भित्र्याई खुला नाकाबाट सजिलै भारत पठाउने गरेका छन् ।

    नेपालमा अहिले मरिच आयातमा १० प्रतिशत भन्सार महसुल लाग्छ। तर, २०७५ जेठ १५ अगाडिसम्म जम्मा ५ प्रतिशत भन्सार महसुल तिर्नुपथ्र्यो । आर्थिक बर्ष २०७४–०७५ को जेठ १३ गतेसम्ममा सिर्सिया सुख्खा बन्दरगाहबाट २ अर्ब ६ करोड ८ हजार ३ सय ५९ रुपैयाँ बराबरको ५० लाख ७३ हजार ७४ किलो मरिच आयात भएको थियो ।

    त्यस्तै आ।व। २०७३–०७४ मा ६३ करोड १८ लाख ४९ हजार रुपैयाँ बराबरको ९ लाख ३ सय ८६ किलो मरिच आयात भएको थियो । यसरी एकै बर्षमा ६२ करोडबाट २ अर्ब रुपैयाँको मरिच आयात कसरी भयो रु तस्करीकै लागि तेस्रो मुलुकबाट मरिच आयात गरी भारततर्फ तस्करी हुने गरेको यो तथ्यले नै छmर्लङ्ग पार्दछ ।

    मरिच तस्करको गिरोहसँग नेपाल प्रहरीका पर्साका प्रमुख राठौर र सशस्त्र प्रहरी बलका डीएसपी अमर खत्रीको सेटिङ रहेको छ । त्यही भएर उनी पर्सामा सरुवा भएपछि मरिच तस्करी ब्यापक भए पनि बरामद हुन सकेको थिएन । तर डीआइजी प्रद्युम्न कार्कीको निर्देशनमा उनले मरिच बरामद त गरे, तर तस्करलाई पहिले नै सूचना दिएर भगाएका छन् । दृष्टिका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…