• काठमाडौं, ९ पुस । अन्ततः समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको छ । सो पार्टीबाट सरकारमा सहभागी उपप्रधान तथा कानुनमन्त्री उपेन्द्र यादव र सहरी विकासमन्त्री मोहम्मद इस्तियाक राईले हिजै राजीनामा दिएका छन् ।

    उपप्रधानमन्त्री यादवले सोमबारको मन्त्रिपरिषद् बैठकमा संविधान संशोधनसम्बन्धी प्रस्ताव टेबुल गर्न खोजे पनि प्रधानमन्त्री केपी शर्मा ओलील अस्वीकार गरेको भोलिपल्टै हिजो मंगलबार समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेको हो । समाजवादी पार्टीले सरकार छाड्ने निर्णय गरेसँगै अब कानुन मन्त्रालयको जिम्मेवारी उपसभामुख डा.शिवमाया तुम्बाहाम्फेले पाउने चर्चा सुरु भएको छ ।

    तुम्बाहाम्फेलाई उपसभामुखबाट राजीनामा गराएर कानुनमन्त्री बनाउने र संसद्मा ज्येष्ठ सदस्यको अध्यक्षतामा बैठक बसेर सभामुख चयन गर्ने तयारी भइरहेको बताइन्छ ।

    तर, मंगलबार दिउँसोसम्म पनि उपसभामुख तुम्बाहाम्फे १३ गतेको संसद् बैठक पनि आफैं सञ्चालन गर्ने तयारीमा जुटेको थिइन् । स्रोतका अनुसार उनी हिजो दिउँसो पनि आगामी बैठकको तयारीका लागि महासचिवसँगको परामर्शमा व्यस्त थिइन् । यसअघि पनि पटक पटक समाजवादीले सरकार छाड्ने अनुमान गरिएको थियो ।

    तर, कात्तिक २९ मा बसेको उसको संघीय परिषद्ले सरकार नछाड्ने निर्णय गरेको थियो । त्यसपछि फेरि पछिल्लो मन्त्रिमण्डल पुनर्गठनपछि पनि यही खालको अनुमान राजनीतिक वृत्तमा छाएको थियो ।

    मन्त्री यादव दिल्लीमै रहेका बेला यता सरकार पुनर्गठन गरेर उनलाई उपप्रधान तथा स्वास्थ्यमन्त्रीको जिम्मेवारी दिइएको थियो ।

    प्रकरणलाई लिएर उनले राजीनामा दिने अनुमान गरिए पनि मन्त्री यादवले सरकार नछाड्ने बताएका थिए, बुधबारमा उल्लेख छ ।

    तर, सोमबार मन्त्रिपरिषद् बैठकमा आफ्नो प्रस्ताव टेबुल गर्न प्रधानमन्त्रीले अस्वीकार गरेपछि समाजवादी सरकार छाड्न निर्णयमा पुगेको हो । बन्द खामभित्र संविधान संशोधनसम्बन्धी प्रस्ताव छ भने पनि प्रधानमन्त्रीले त्यसलाई खोल्दै नखोली स्टप इट भनेका थिए । त्यसपछि यादव कालो अनुहार लाएर बालुवाटारबाट बाहिरिएका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…