• झापा। तेह्रथुमको छथर गाउँपालिकाको शुक्रबारेस्थित सरस्वती माविमा अध्ययनरत एक बिद्यार्थी सोहि बिद्यालयका शिक्षक को कुटाईबाट गम्भिर घाईते भएका छन् । शिक्षक दुर्गाप्रसाद खतिवडाको कुटाईबाट कक्षा–११ मा अध्ययनरत १६ बर्षिय हिक्मत खड्का गम्भिर घाईते भएका हुन् ।
    गत शुक्रबार बिद्यालयको प्रीयर लाईनमा बस्ने समयमा शौचालय गएको भन्दै शिक्षक खतिवडाले हिक्मतलाई घाँटीमा समाएर घोक्राउदै अफिस पुर्याएका थिए । अफिसमा खतिवडा सहित शिक्षिका अञ्जना कटुवाल र प्रध्यानापक खगेन्द्र न्यौपाने सहितले सामुहिक आक्रमण गरेको पिडित बिद्यार्थीका सानिमा मनमाया बस्नेतले बताईन् । शिक्षकहरुको सामुहिक कुटाईबाट हिक्मतको टाउको, गर्धन र घाँटीमा चोट लागेको छ ।

    बिद्यार्थीलाई शिक्षकहरुले कुटेकोले कारवाहीको माग गर्दै शुक्रबारे प्रहरी चौकीमा उजुरी दिएपनि राजनैतिक दवावका कारण प्रहरीले उजुरी लिन नमानेको पिडित बिद्यार्थीका वुवा जगत खड्काले बताए । शिक्षकको कुटाईबाट बिद्यार्थी घाईते भएपछि अभिभावकबाट चर्को बिरोध भएका कारण बिवाद समाधानका लागी बसेको विद्यालय व्यावस्थापन समितीको बैठक पनि बिना निकर्ष टुंगिएको छ ।

    बिद्यार्थी कुट्ने शिक्षकलाई कानुन बमोजिम कार्वाही हुनुपर्ने पिडित पक्षले माग गरेका छन् भने शिक्षकहरुले घाईते बिद्यार्थी नै अनुशासनहिन भएको दावी गरेका छन् । पिडित बिद्यार्थी हाल उपचाररत छन् । कुटपिट गर्ने शिक्षक नेकपा समर्थक हुन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…