• काठमाडौं । प्रतिनिधि सभाको सभामुख चयन प्रक्रिया शुक्रबारबाट सुरु हुँदैछ । यसअघि प्रतिनिधि सभाको कार्य व्यवस्था समितिको बैठकले पुस ११ देखि सभामुख चयनको प्रक्रिया सुरु गर्ने निर्णय गरेको थियो ।

    यो सँगै सभामुख पदका आकांक्षीहरुको दौडधुप तिव्र बनेको छ भने नेकपा शीर्ष नेतृत्व यसबारे सघन वार्ता गरिरहेका छन् । तर, यो रेसमा सबैभन्दा अगाडि वर्तमान उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे नै देखिएकी छिन् ।

    निवर्तमान सभामुख कृष्णबहादुर महराले राजीनामा दिएसँगै रिक्त रहेको सो पदमा शिवमायाले निरन्तर दावी गर्दै आएकी थिइन् । उनले सधैं भन्ने गरेकी थिइन् – ‘कृष्णबहादुर महराको गल्तीको दोष म माथि नथोपरियोस् ।’

    सभामुख र उपसभामुख एउटै पार्टीका हुन नपाउने संवैधानिक व्यवस्थाका कारण उनलाई उपसभामुखबाट राजीनामा गराइ सभामुख पद आफ्नो पकडमा राख्ने नेकपाको रणनीति हो । शिवमायाले भने आफूलाई नै सभामुख बनाउने अवस्थामा मात्र राजीनामा दिने बताउँदै आएकी छिन् ।

    गत सोमबार नेकपाका दुई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र केपी शर्मा ओली यही विषयमा वार्त भएको थियो । सो बैठकमा सुवास नेम्वाङ पनि थिए । बैठकमा प्रधानमन्त्रीले सभामुख पदमा सुवासको नाम लिए । अर्का अध्यक्ष प्रचण्डले यसमा बिमती जनाएनन् ।

    उनलाई पूर्व माओवादीका तर्फबाट सभामुख पद छोड्न नहुने दबाब भएपनि उनले यो विषयमा कुनै बलियो प्रस्ताव राखेनन् । उनले अग्नी सापकोटा नाम प्रस्ताव गर्ने आँकलन गरिएको थियो । तर नेम्वाङ पनि सभामुख बन्नेमा विश्वस्त हुन सकेका छैनन् ।

    यसको मूलकारण राष्ट्रपति विद्यादेवी भण्डारीको प्रस्ताव रहेको बुझिएको छ । राष्ट्रपतिले शिवमायालाई सभामुख बनाउन जोड गरिरहेकी छिन् । यसको लागि नेकपाको स्थायी कमिटी बैठकको बीचमा राष्ट्रपतिले स्थायी कमिटी सदस्यलाई भेटेर शिवमायालाई सभामुख बनाउन पहल गरेकी थिइन् ।

    यस्तै बुधबार साँझ ५ बजे प्रधानमन्त्री र राष्ट्रपति बीच फेरी वार्ता भएको थियो । एजेण्डा सभामुख चयनकै थियो । सो वार्तापछि भने शिवमायाको सभामुख पद लगभग पक्का भएको बताइएको छ

    यसको लागि शिवमायालाई आजै राजीनामा दिन लगाउने तयारी भएको नेकपा स्रोतले बताएको छ । राजीनामापछि नै शिवमायालाई सभामुख पद 'सरप्राइज' काे रुपमा आउने बताइएकाे छ । तर, शिवमाया भने यसमा विश्वस्त हुन सकिरहेकी छैनन् ।

    यस्तै उपसभामुख पद भने राष्ट्रिय जनता पार्टी (राजपा) ले पाउने भएको छ ।

    राष्ट्रिय सभा निर्वाचनमा तालमेल गर्नको लागि दुई बुँदे सहमति गरेको राजपाले उपसभामुख पद पनि पाउने भएको छ ।

    सरकारमा बसेर प्रतिपक्षीको भुमिकामा देखिएको समाजवादी पार्टीको विकल्पका रुपमा राजपालाई ल्याइएको हो । राजपाले उपसभामुख पदमा चन्दा चौधरीलाई उठाउने भएको छ ।

    राजपाले आफ्नो उम्मेदवार परिवर्तन नगरेको खण्डमा प्रतिनिधि सभाको सभामुख र उपसभामुख दुबै महिला नै हुने सम्भावना देखिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…