• विराटनगर: एक कप चियाको मुल्य नै १५ रुपैयाँ पुगेको बेला विराटनगरमा भने १० रुपैयाँमा भरपेट खाना खुवाउन थालिएको छ । समाजसेवा अग्रसर देखिएका केही व्यक्तिहरुले आफ्नै पहलमा विराटनगरको कालीमन्दिर अगाडी १० रुपैयाँमा भात खुवाउन थालिएको हो ।

    राजपा नेपालका तत्कालिन सहमहामन्त्री समेत रहिसकेका समाजसेवी दिलीप धाडेवाको अगुवाईमा नन्दकिशोर तापडिया, पवन अग्रवाल, मोहन गुप्ता मिलेर १० रुपैयाँमा भरपेट खाना र २० रुपैयाँमा घरमा लान प्याकिङको समेत व्यवस्था गरेका हुन् । सवै मानिससँग होटलमा खान सक्ने आर्थिक हैसियत नहुने भन्दै विपन्न व्यक्तिहरुले पनि सस्तो मुल्यमै खाना खान पाउन भनेर सेवामुलक काम सुरु गरेको धाडेवाले बताए ।

    उनले १० रुपैयाँमा बास्मती चामलको भात र तरकारी खुवाइने जानकारी दिंदै यस्तो सेवालाई अस्पताल छेउछाउका स्थानमा समेत विस्तार गरिने जानकारी दिए । यसका लागि कसैस“ग सहयोग नलिइएको पनि सुनाए । सस्तो मुल्यमा खाना खुवाउने कार्य सुरु गरेकै दिन साढे चारसय बढिले खाएको जनाइएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…