• दम्पतिको सम्वन्धमा श्री लालिगुराँस बहुउद्धेश्यीय सहकारीको पर्‍यो गिद्धे दृष्टि

    काठमाडौं, १० पौष । गायक रामकृष्ण ढकाल र निलम शाह ढकालबीच प्रचलित कानुन बमोजिम सम्बन्ध बिच्छेद भएपनि दुवै एउटै घरमा बसिरहेका छन् । ललितपुरको भैसेपाटीस्थित घरमा ढकाल र शाह छोरी रानी ढकालसँगै बस्नै आएका हुन् ।

    बुधबार काठमाडौ जिल्ला अदालतबाट डिभोर्स भएपनि दुबै दम्पति सँगै बस्दै आएपछि ढकाल सेलिब्रिटी भएको कारण यस सम्वन्धमा धेरैको चासो बढेको छ । कतिपयले कि कागजपत्र मिलाएर एक जना बिदेश जान लागेको हो या बचे खुचेको सम्पति जोगाउन लागेको हुनु पर्छ भन्ने अनुमान गरेका थिए । केहि समयअघि ललितपुरको श्री लालिगुराँस बहुउद्धेश्यीय सहकारीले पनि ऋणको कुरालाई लिएर अनावश्यक दुःख दिइरहेको कुरा बाहिर आएको थियो । यस्तै वित्तीय संस्थाको गिद्धे नजरबाट बचे खुचेको सम्पति बचाउन यो उपाय गरेको बताइन्छ ।
    घर पत्नी निलम शाहको नाममा छ । ऋण ढकालको नाममा छ । निलमले सम्पत्ति नलिई सम्बन्ध बिच्छेद गरेकी छिन् ।

    ढकालले आफू विदेश जान नचाहेको र पत्नीले जाने इच्छा गरेको विषय समेत सम्बन्ध बिच्छेदको कारण भनेका छन् । यसबाट उनले आफूलाई राष्ट्रवादी देखाएर लोकप्रीयता बटुल्न खोजेका छन् ।

    १७ वर्ष लामो वैवाहिक जीवनमा पूर्णविराम लगाउँदै गायक रामकृष्ण ढकाल र निलम शाहले सम्बन्ध बिच्छेद गरेका हुन् । मंगलबार काठमाडौं जिल्ला अदालतमा पारपाचुकेको मुद्दा दायर गरी बुधबार अदालतले सम्बन्ध बिच्छेदको फैसला गरेको थियो ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…