• भक्तपुर : प्रेमीसँग मिलेर आमाको हत्या गर्ने छोरीसहित चार जनालाई भक्तपुर जिल्ला अदालतले जन्मकैदको फैसला गरेको छ। जिल्ला न्यायाधीश प्रकाश उप्रेतीको इजलासले बिहीबार जन्मकदैको फैसला सुनाएको हो।

    गत असार १५ मा चाँगुनारायण नगरपालिका–७ बागेश्वरीस्थित छोरी ज्वाइँको घरमा बस्दै आएकी ६० वर्षीया सावित्रा भट्टराईको हत्यामा संलग्न सावित्राकी छोरी ईश्वरी भट्टराईसहित चारजनालाई जन्म कैदको पैmसला गरेको हो। जन्मकैदको सजाय पाउनेमा ईश्वरीसँगै सिराहाका मोहम्मद नौशाद, भारतीय नागरिक अर्जुनकुमार भनिने भोलाकुमार र मोहमद रइस रहेको अदालतका श्रेस्तेदार घनेन्द्र अधिकारीले जानकारी दिए।

    ईश्वरी र सिराहाका नौशादसँग विवाहेत्तर सम्बन्धमा थिए। ईश्वरीले श्रीमान नभएको मौका पारेर नौशादलाई घरमै ल्याउने र घण्टौं बन्द कोठामा समय बिताउने गरेका थिए। छोरीको सो सम्बन्धमा मन नपराएका सावित्राले घर नबिगार्न र नौशादको साथ छोड्न दबाब दिँदै आएकी थिइन्। ईश्वरीले आफ्नो प्रेम सम्बन्धको बाधक बनेको भन्दै आमा सावित्रालाई बाटोबाट हटाउन प्रेमी नौशादलाई दबाब दिन थालिन्।

    प्रमिकाको दबाब थेग्न नसकेपछि नौशादले भारतीय कन्ट्याक्ट किलर बोलाएर सावित्राको घाँटी रेटी हत्या गरेका थिए। प्रहरी अनुसन्धानको क्रममा सावित्राको हत्या गर्न ईश्वरी र नौशादले भारतीय कन्ट्याक्ट किलर भोलाकुमारलाई १२ लाखको सुपारी दिएको खुल्न आएको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…