• धरान : 'पहिलो गासमै ढुंगा' भनेझैँ धरानका नवनिवार्चित नगरप्रमुख तिलक राईले बोलाएको कार्यपालिका बैठक आवश्यक कोरम नपुगेपछि शुक्रबार स्थगित भएको छ।

    नेकपाबाट निर्वाचित बहुमत संख्यामा कार्यपालिका सदस्यहरूको उपस्थिति नभएपछि पहिलो बैठक स्थगित भएको हो। कार्यपालिका बैठकलाई नेकपाबाट निवार्चित उपमेयरसहित कार्यपालिका सदस्यहरू आएनन्।

    प्रमुख प्रशासकीय अधिकृत विनोद पोखरेलले गणपुरक संख्या नपुगेपछि १४ गते बिहान सोमबार ८ बजे बस्ने गरी बैठक स्थगित गरिएको जानकारी दिए। शुक्रबार स्थगित भएको बैठ्क पुन मेयर राईले तीन दिनपछि अर्थात् पुष १४ गते बोलाएका छन्।

    शुक्रवारको बैठकमा नेकपाका एजना पनि सदस्य उपस्थित भएनन्। कूल ३० सदस्यीय कार्यपालिकामा नेकपाबाट उपमेयरसहित २४ जना सदस्य छन्। मेयरसहित ६ जना मात्रै कार्यपालिका सदस्य भएकाले काङ्ग्रेस अल्पमतमा छ।

    धरानको २० वटा वडाका अध्यक्षहरु कार्यपालिका सदस्य हुन्छन् भने ८ जना नगरसभाबाट निवार्चित भएका छन्। निवार्चित कार्यपालिका सदस्य सबै नेकपाकै छन्।

    स्थगित भएको कार्यपालिकाको बैठकमा कर समायोजन गर्न एक अध्ययन गरेर सुझाव पेश गर्न बिशेषज्ञ रहेको कार्यदल गठन गर्ने प्रस्ताव थियो। त्यसैगरि यही पुस २० गतेसम्म ३ दिन धरान डे मनाउने प्रस्ताव पनि पास हुन पाएन। यता मेयर तिलक राई पनि नेकपा पक्षबाट बैठकमा सहभागिता नभएको बिषयमा धेरै बोल्न चाहेनन्। उनले नेकपा पक्षबाट बहिष्कार गरेको नभइ कोरम नपुगेर स्थगित भएको बताए।

     

    मेयर राईले बिरोधबारे नबोले पनि नेकपाका वडाअध्यक्षहरुले भने आवश्यक समन्वय र तयारी नगरेकोले बैठकमा नगएको बताउँछन्। ‘उपमेयरसँग पनि एजेन्डाको बिषयमा छलफल भएन छ', नाम नखुलाउन भन्दै एक वडाध्यक्षले भने, 'हाम्रो संसदीय दलको नेतासँग छलफल नभएकोले हामी नगएका हौं।'

    कोरम नपुगेर कार्यपालिका बैठक स्थगित भएपछि मेयर राई र उपमेयर मञ्जु भण्डारी सुवेदीबीच छलफल भएको थियो। दुवैबीच द्वन्द्व नबढाउने र समन्वय गर्ने समझदारी भएको बताइएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…