•  

     मोरङ्ग ।
    कान्तिपूर टेलिभिजनमा प्रसारण हुदै आइरहेको चर्चित कमेडी रियालिटी सो कमेडी च्याम्पीयनमा मोरङका उदयमान चर्चित युवा हास्यकलाकार सुमन कार्की टप ९ सम्म पर्न सफल भएका छन । लामो समयदेखि हास्यव्यंग क्षेत्रमा लागेका कार्की चर्चित पत्रकार ऋषि धमलाको क्यारिकेचर गर्ने पहिलो कलाकार समेत हुन । पत्रकार धमलाको क्यारिकेचर गरे सँगै कार्कीले मदन कृष्ण श्रेष्ठ र हरिवंश आर्चाय मह जोडीसँग पूरा नेपाल भ्रमण गर्नै अवसर समेत प्राप्त गरेका थिए ।

    रतुवामाईका ९ का सुमन कार्कीलाई कमेडी च्याम्पीयन बनाउन यतिबेला पूर्वका अधिकांश क्षेत्रमा सुमन कार्की जिताऊ अभियान सञ्चालन गरिएको छ । यस अघिका एपिसोडमा निकै उत्कृष्ट प्रदर्शन गरेर उनले दर्शक र जर्जहरुको मन जित्न सफल भएका थिए ।

    सानै उमेरदखि हास्यकला क्षेत्रमा लागेका कार्की विभिन्न व्यक्तिहरुको क्यारिकेचर गर्न अब्बल देखिन्छन् । कार्की कलाकार मात्र नभएर एउटा सफल सञ्चारकर्मि समेत हुन । रेडियो सुनाखरीबाट पत्रकारिता सुरुवात गरेका कार्की हाल रेडियो अडियोका कार्यक्रम प्रस्तोता हुन् । कमेडियन कार्कीले गाईजात्रा पनि काम गर्ने मौका पाइसकेका छन्।
    Urlabarinews.com
    प्रवेश बिष्ट

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…