• काठमाडौँ — शनिबार बिहान काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियसमा झरेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज शनिबार बिहान ६ बजे काठमाडौंको तापक्रम ०.६ डिग्री सेल्सियस पुगेको हो । शनिबार बिहान मापन गरिएको काठमाडौंको तापक्रम यो वर्षकै कम हो ।

    यसअघि बिहीबार काठमाडौंको तापक्रम ०.९ डिग्री सेल्सियस मापन गरिएको थियो ।

    मौसमविद् शान्ति कँडेलका अनुसार चिसो बढ्ने क्रम जारी रहेकाले काठमाडौंलगायत देशभरको तापक्रम अझै न्यून बिन्दुमा पुग्न सक्ने सम्भावना रहेको छ ।

    अहिले नेपालमा उल्लेखनीय मौसमी प्रणाली विकसित नभए पनि तराई भूभागमा हुस्सु लागेको छ । तराईमा आउँदाे २४ घण्टासम्म बाक्लाेहुस्सु/कुहिरो रहने हुनालेराम्रो सँग घाम नलाग्ने माैसमविद्‌ले बताएका छन् ।चिसोबाट बच्न रयात्रामा पर्न सक्ने जोखिम र अन्य प्रभावहरुबाट बच्न सतर्कता अपनाउन माैसमविद्‌ले सुझाव दिएका छन् ।
    माैसम पूर्वानुमान महाशाखाका अनुसारआगामी तीन दिनको मौसम यस्ताे रहनेछ

    पौष १२गते (शनिबार)

    दिउँसो : देशभर मौसम सामान्यतयासफा रहनेछ।

    राति : देशभर मौसम सामान्यतया सफारहनेछ।

    पौष १३गते (आइतबार)

    दिउँसो : देशभर मौसम सामान्यतयासफा रहनेछ।

    राति : देशभर मौसम सामान्यतया सफारहनेछ।

    पौष १४गते (सोमबार)

    दिउँसो : देशको पूर्वी पहाडीभभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

    राति : देशको पश्चिमी पहाडीभूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…