• रत्ननगर । हात्ती पेन्टिङ प्रतियोगिताको उपाधि सौराहामा निजीस्तरमा सञ्चालित इच्छाकलीले जितेको छ । सौराहामा जारी चितवन हात्ती महोत्सवअन्तर्गत भएको सो प्रतियोगितामा प्रतिस्पर्धी ४ वटा हात्तीलाई पछि पार्दै इच्छाकलीले उपाधि जितेको हो । इच्छाकलीले निर्धारित १०० पूर्णाङ्कमा ८९ दशमलब ६६ अंक ल्याएर प्रथम भएको छ ।

    इच्छाकली सौराहाका पर्यटन व्यवसायी ऋषि तिवारीको हात्ती हो । अनुशासित इच्छाकलीले प्रतियोगिताको मैदानमा निर्णायकलाई अचम्म पार्ने गरी आनीबानी प्रदर्शन गरेको थियो । माउतेले शरीरमा रङ लगाएर बनाएको सौन्दर्यताभन्दा उसको आनीबानी र अनुशासनले इच्छाकलीलाई उपाधि जित्न सफल बनाएको हो ।

    प्रतियोगितामा पर्यटन व्यवसायी गोकर्ण गिरीको जयमतीकली द्वितीय भएको छ । जयमतीकलीले ८३ दशमलब ६६ अंक ल्याएर द्वितीय भएको प्रतियोगिताका सहसंयोजक तथा युनाइटेड हात्ती सञ्चालन सहकारी संस्थाका अध्यक्ष ऋषि तिवारीले जानकारी दिए ।
    प्रतियोगितामा ज्ञानेन्द्रकुमार विष्टको बम्किनकली तृतीय भएको छ । उसले ८३ दशमलब १६ अंक प्राप्त गरी तृतीय भएको हो । प्रतियोगितामा पिङ्कीकली र चम्पाकली गरी पाँचवटा हात्तीले सहभागिता जनाएका थिए । प्रतियोगिताअन्तर्गत हात्तीमा गरिएको पेन्टिङ, आनीबानी, अनुशासन र स्वास्थ्यलाई मूल्याङ्कन गरेर प्रथम, द्वितीय र तृतीय छुट्याइन्छ ।

    हात्ती महोत्सवअन्तर्गत हात्ती पोलोको सो खेल भएको हो । उक्त खेलमा रत्ननगर नगरपालिका र खैरहनी नगरपालिकाले प्रतिनिधित्व गरेका थिए । यसवर्ष भ्रमण वर्ष भएकाले हात्ती महोत्सवमा स्थानीय सरकारलाई प्रत्यक्ष सहभागिता गराउन हात्ती पोलोमा पूर्वी चितवनका ४ स्थानीय तहलाई समावेश गरिएको आयोजक क्षेत्रीय होटल संघका अध्यक्ष दीपक भट्टराईले जानकारी दिए । ९ दिनसम्म चल्ने सो महोत्सवअन्तर्गत हात्ती फास्ट वाक, हात्ती सुन्दरी, छावाहरुको फुटबल प्रतियोगिता हुने संयोजक राममणि खनालले जानकारी दिए ।

    भ्रमण वर्षको पहिलो दिन जनवरी एकमा सौराहामा प्रदेश नं ३ भित्रका कला तथा संस्कृति प्रदर्शन गर्ने कार्यक्रम तय गरिएको छ । त्यसको नेतृत्व स्थानीय सरकारका रुपमा रहेको रत्ननगर नगरपालिकाले गर्नेछ । जनवरी एकमा संस्कृति प्रदर्शनसँगै सौराहाको मुख्य बजारका सडककिनारमा फुड फेष्टिवल गरिने मेयर नारायण वनले बताए । ‘भ्रमण वर्षको पहिलो दिनलाई हामी भव्य बनाउने छौँ’, उनले भने, त्यसदिन सौराहा आउने र सौराहामै रहेका स्वदेशी तथा विदेशी पर्यटकलाई छुट्टै किसिमको मनोरञ्जन प्रदा

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…