एजेन्सी– केही दिनअघि सूर्यग्रहणको विषयमा हामी सबैलाई थाहा छ । नेपालमा मात्र होइन, भारतमा पनि यो सूर्यग्रहणलाई विशेष रुपमा लिइयो । धेरैले यो वैज्ञानिक आकस्मिकताको अवलोकन गरे ।
तर, भारतकै कर्नाटकको सुल्तानपुर ठाउँमा चाहिँ चार बच्चाहरुलाई माटोमा गाडियो । यी चार बच्चाहरु अपाङ्गता भएका थिए । उनीहरुलाई ठिक हुन्छ भन्ने अन्धविश्वासका साथ यस्तो काम गरिएको थियो ।
यो विषयमा थाहा पाएपछि प्रहरी र त्यहाँको प्रशासनले बच्चाहरुलाई त्यसरी गाडिएको ठाउँबाट त निकाल्यो । तर, अहिले यो समाचारले भारतीय मिडियामा विशेष स्थान पाएको छ ।
भारतीय मिडिया लाइभ हिन्दुस्तानमा आएको समाचारअनुसार अहिले प्रहरीले यसबारे अनुसन्धान सुरु गरिसकेको छ । यी बच्चाहरुका अभिभावकले अस्पतालमा लामो समय देखि उपचार गर्दा पनि उनीहरुलाई ठिक नभएको र सूर्यग्रहणमा उनीहरुलाई गाड्दा ठिक हुने विश्वासका साथ यस्तो गरिएको बताएका छन् ।