• सामाजिक सञ्जाल फेसबुकले म्यासेन्जरमा केही नयाँ परिवर्तन ल्याएको छ । अब प्रयोगकर्ताले म्यासेन्जर प्रयोग गर्नका लागि फेसबुक अकाउन्ट बनाउनै पर्ने भएको छ । यसअघि म्यासेन्जर एप चलाउन फेसबुक अकाउन्ट अनिवार्य थिएन र फोनबाटै खोल्न मिल्थ्यो ।

    फेसबुकका प्रवक्ताले बेन्चरबीटलाई दिइएको जानकारी अनुसार यो नयाँ म्यासेन्जर प्रयोगकर्ताका लागि मात्रै हो । पहिले नै अकाउन्टबिना नै म्यासेन्जर खोलिसकेका प्रयोगकर्तालाई भने यसले असर गर्ने छैन ।

    यससँगै फेसबुकले ‘क्रस प्लेटफर्म म्यासेजिङ’ प्रणाली पनि विकासको तयारी गर्दैछ । फेसबुकले पहिले नै बताइसकेको छ कि म्यासेन्जर, इन्टाग्राम र ह्वाट्एपमा ‘क्रस प्लेटफर्म म्यासेजिङ’को अप्सन दिइनेछ । अर्थात् यो विशेषता आएपछि प्रयोगकर्ताले ह्वाट्सएपबाट इन्टाग्राममा सिधै म्यासेज गर्न सक्नेछन् ।

    आफ्नै ‘अपरेटिङ सिस्टम’ ल्याउँदै फेसबुक

    फेसबुकले आफ्नै ‘अपरेटिङ सिस्टम’ पनि ल्याउँदैछ । जसले फेसबुकलाई प्रतिद्वन्द्वी कम्पनी एप्पलको आईओएस र गुगलको एन्ड्रोइडसँगको निर्भरता हटाउनेछ ।

    त्यसका लागि फेसबुकले माईक्रोसफ्टका लागि ‘विन्डोज एन्टी अपरेटिङ सिस्टम’ बनाउने मार्क ल्यूकोवस्कीलाई जिम्मेवारी दिएको छ ।

    फेसबुक हार्डवयेरका उप प्रमुख एड्रयू बोसवर्थले कम्पनीको अघिल्लो लक्ष्य अन्तरिक्ष रहेको साबित गर्नका लागि यो काम गरिएको बताए । उनले भने, ‘हामी अरु कोहीसँग निर्भर हुन चाहन्नौँ । हामीलाई चाहिने सबै कुरा हामी आफैँ गर्न चाहन्छौँ ।’ त्यसका लागि नयाँ ‘प्लान्ट’ बनिसकेको उनको भनाई छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…