•  

    चितवन, पुस १२

    नेपाल जेसिजको राष्ट्रिय अध्यक्षमा अशोक शंकर विजयी भएका छन्।

    चितवनको रत्ननगरमा सम्पन्न ४६ औँ महाधिवेशनबाट सन् २०२० का लागि उनी निर्वाचित भए।

    पथरी जेसिज मोरङका पूर्वअध्यक्ष शंकरले ५५२ मत प्राप्त गरे।

    अध्यक्ष पदका अर्का प्रत्यासी अरुणेश्वर खनालले ५२७ र विकास मानन्धरले ४८७ मत मात्रै ल्याएका छन्।

    कुल एक हजार ७१० मतमध्ये एक हजार ५६५ मत खसेको थियो।

    कार्यकारिणी उपाध्यक्षमा विजय गुरुङ, लालमणि भण्डारी, गोकुल सापकोटा र शोभा खरेल निर्वाचित भएका छन्। चार कार्यकारिणी उपाध्यक्षका लागि नौ जनाको प्रतिस्पर्धामा उत्रिएका थिए।

    उपाध्यक्षमा कृष्ण सापकोटा ८५९, कञ्चन झा एक हजार १०८, रमा प्याकुरेल एक हजार २७०, रामबहादुर बोगटी एक हजार २६३ मत, अनवर हुसेन ८९०, गणेशबहादुर साउद ९४२, धीरज शाही एक हजार १००, राकेश गुरुङ एक हजार २१५, शिवप्रसाद भुसाल एक हजार ५६, मन्जु शाह ठकुरी एक हजार ७८, विशाल थापा एक हजार २२ र गोविन्द पङ्गेनी ८२० मतका साथ विजयी भए।

    बाह्र उपाध्यक्षका लागि १७ जनाको उम्मेदवारी परेको थियो।

    महासचिवमा टेकराज रेग्मी, कोषाध्यक्षमा विमल रिमाल र कानूनी सल्लाहाकारमा राजेन्द्र घिमिरे मनोनीत भएका छन्।

    नेपाल जेसिसको ७७ जिल्लामा १५० शाखा छ। (रासस)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…