• जनकपुर — कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार सरकारी निकायलाई पार्टीकरण गर्न तल्लीन रहेको आरोप लगाएका छन् । जनकपुरका पार्टी नेता बलराम नायकको श्रदाञ्जली सभामा सहभागि हुन धनुषाको सबैला आएका सभापति देउवाले ओली नेतृत्वको सरकारले लोकतान्त्रिक बाटो विराएको आरोप लगाए ।

    ‘शाही कालमा जस्तै अहिले सरकारले सरकारी संस्थालाई नियन्त्रण गर्दैछ,’ देउवाले भने, ‘सरकारी निकाय पार्टीकरण भइरहेका छन् ।’

     

    उनले कांग्रेसभित्र एकताको विकल्प नरहेको बताए । ‘नेपाली कांग्रेसभित्र एकताको विकल्प छैन । हामी मिलेपछि कुनै शक्तिले कांग्रेसलाई हल्लाउन सक्दैन,’ देउवाले भने ।

    कार्यक्रममा कांग्रेस उपसभापति विमलेन्द्र निधिले ओली सरकारले नेपाललाई कम्युनिस्टिकरण गर्न खोजेको आरोप लगाए । ‘ओली सरकारले मुलुकलाई कम्युनिस्टिकरण गर्न खोज्दैछ,’ निधिले भने ।

    १९९० कार्तिक १ गते पूर्वी धनुषाको सबैलामा जन्मिएका कांग्रेस नेता नायकको गत मंसिर ३० गते ८७ वर्षको उमेरमा निधन भएको थियो । नायकले २०१५ सालमा तत्कालीन महोतरी कांग्रेसको सचिवको रुपमा काम गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…