• उर्लाबारी ।  एकसरो लुगा मात्र लगाएर आएका विद्यार्थीलाई मोरङको उर्लाबारी –९ स्थित प्रभात आधारभूत विद्यालयका विद्यार्थीलाई शुक्रबार स्वीटर, टोपी र सुरुवाल प्रदान गरिएको छ ।
    नाममा नगरपालिका जोडिए पनि दुर्गम गाउँको भन्दा कम छैन् ,उर्लाबारी ९ को खोपीडाँडा । धेरै जसो बालबालिका खेतीपाती र दैनिक मजदुरी गर्नेका छोरा छोरी छन् । सन्तानका लागि दुई छाक जाउलो जुटाउन नै हम्मे हम्मे पर्छ , त्यहाँका अभिभावकलाई । खानै समस्या भएपछि आफ्ना नानीलाई विद्यालय सामग्री र न्यायो कपडा जुटाउन उहाँहरूलाई महाभारत नै हुने गर्छ ।

     

    तर, पनि दाताहरूको मन जितेको प्रभात आभारभूत विद्यालयले विद्यार्थीलाई शैक्षिक सामग्री, छात्रवृति देखि न्यायो कपडा सम्म दाताहरू बाटै जुटाएको छ ।
    शुक्रबारको जाडोमा एकसरो कपडा मात्रै लगाएर आएका विद्यार्थीहरूलाई दाताबाट प्राप्त न्यायो स्वीटर, टोपी र सुरुवाल प्रदान गरिएको छ । पशुपति आवासीय मावि उर्लाबारी ७ बाट २०६४ सालमा एसएलसी उत्तीर्ण विद्यार्थीहरूले न्यायो कपडाको ब्यवस्था मिलाएका हुन् । हाल विभिन्न देशमा रहेका विद्यार्थीहरूले ८२ हजार ५ सय रुपियाँ सङ्कलन गरी गरिव तथा विपन्न विद्यार्थीलाई स्वीटर,टोपी र सुरुवाल प्रदान गरिएको पूर्व विद्यार्थी एवं न्यायो कपडा वितरण समितिका संयोजक विक्रम चापागाईले बताउनु भयो ।


    एकसरो लुगा मात्र लगाएर विद्यालय पुगेका कक्षा ७ मा अध्ययनरत प्रताप धामीले भन्नुभयो– दुई जना दाजुभाइ छौं । घरको अवस्था कमजोर छ । त्यसैले सर्ट, पेन्ट र चप्पल लगाएर आउने गरेको छु । प्रताप धामी मात्र होइन, प्रभात आधारभूत विद्यालय पढ्ने अधिकांश विद्यार्थी अति विपन्न परिवारका छन् । कक्षा ४ मा पढ्ने युमन मारपाचेको आर्थिक अवस्था झनै कमजोर छ । लगलग काप्दै विद्यालयमा खेलिरहेका मारपाचेले भन्नुभयो – बहिनी र म सँगै विद्यालय आउँछौं । बुबाआमा खेतीको काम गर्नुहुन्छ । उहाँले आर्थिक अवस्था कमजोर भएकोले लुगा किन्न नसककेो बताउनु भयो ।

    शुक्रबार विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रुद्र लिम्बूको सभापतित्वमा भएको न्यायो कपडा वितरण कार्यक्रममा बाल शिक्षा देखि कक्षा ८ सम्मका १६० जना विद्यार्थीलाई स्वीटर,टोपी र सुरुवाल वितरण गरिएको हो । कार्यक्रममा विद्यालयका प्रधानाध्यापक मोहन चापागाई, उर्लाबारी ७ का वडाध्यक्ष वीरवल थापा र न्यायो अभियान नेपालका अध्यक्ष पूर्ण सिंघक लगायतले बोल्नु भएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…