• उर्लाबारी , १२ पुस ।
    नेपाली कांग्रेस उर्लाबारीका पूराना नेता जनक खड्काले पार्टी परी त्याग गरी राप्रपामा प्रवेश गर्नुभएको छ ।
    आज उर्लाबारी–७ मा राप्रपाले आयोजना गरेको जागरण अभियान कार्यक्रममा नेपाली कांग्रेस उर्लाबारी वडा नं. ६ का सभापतिसमेत रहनुभएका खड्काले पार्टी परित्याग गर्दै राप्रपामा प्रवेश गर्नुभएको हो । कांग्रेस पार्टीमा विकृति मौलाउँदै गएकाले पार्टी परित्याग गरी राप्रपा रोजेको उहाँको भनाई छ । उहाँले कांग्रेसबाट परिवर्तनको सम्भव नरहेको समेत उल्लेख गर्नुभयो ।

     

    लामो समय कांग्रेसका विताएका खड्काले पार्टी परित्याग गर्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । त्यस्तै, नेकपाका टेकबहादुर मगर, ३३ दलीय मोर्चाका रामप्रसाद सुवेदी, सूर्यप्रसाद न्यौपाने, हर्क दर्जी, सन्तोष साह, दिपक साह, रोशन साह, टेकनाथ नेपाल, होमनाथ हमाललगायत पनि पराप्रपामा प्रवेश गर्नुभएको छ । कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नं. ३ का प्रतिनिधि सभाका सांसद एबं राप्रपाका महामन्त्री राजेन्द्र लिङ्देनले नवप्रवेशीहरुलाई अबिर र खदा लगाएर स्वागत गर्नुभएको थियो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…