• शनिबार १२/काठमाडौ

    रातोकलम अनलाइन।

    भारत सिक्किमबाट पहिलोपटक निर्माण भएको लिम्बू कथानक चलचित्र “थेत्लङ”को आगामी पुस २६ गते काठमाडौस्थित राष्ट्रिय नाचघर जमलमा प्रदर्सन हुने भएको छ । सिक्किम युनिभर्सिटीको ग्रेजुएशन लेभलमा अध्यापन भइरहेको उपन्यास थेत्लङ देउमान लिम्बू 'होन्दोक'ले लेखेका हुन । उक्त उपन्यासलाइ वरिष्ठ चलचित्र निर्देशक तथा लेखक सागर केरुङले पटकथा/संवाद गरेका छन । सिक्किमको मार्ताम, हिगाउँ, केङबारी, बन्दुके, उत्तरे, हियुमाङ, थेगु, गेजिङ, यक्सुम, दाराप लगायतका ठाउँमा छायांकन भएको चलचित्रमा दिब्या सुब्बा,बिशाल सेनेहाङ,संगीता सम्बाहाम्फे,सर्मिला यक्सो,मुनाहाङ लिम्बू,सान्ती सुब्बा,हस्त लिबाङ,देउमान केरुङ,मणिराज लिम्बू,येहाङ लिम्बू,लिला तुम्बापो,सन्जय ताम्लिङ,सनमायाँ लिम्बू,सुकबीर ताम्लिङ लगायतले अभिनय गरेका छन भने मनु नेम्बाङ,यादन सेर्मा,सिता सिंगक,गंगा फियाक,मणि ताम्लिङ,रामदुखी आङ्देम्बे,मिजिरा सम्बाहाम्फे र र बालकृष्ण वनेमको स्वर रहेको छ । सागर केरुङ,दिलसिङ र यादन सेर्माको शब्द रहेको गीतहरु कुल्बा सुब्बा,राजु आङ्देम्बे,मणि ताम्लिङ र पबिन आङ्देम्बेले संगीत गरेका छन । सिक्किममा बसोबास गर्ने लिम्बू जातिको जीवनशैलीमा आधारित कथा रहेको चलचित्रमा नृत्यनिर्देशन दिनेश माङ्मु,क्यामेरामेन सुमन योन्जन,सम्पदन किरण केसिको रहेको छ भने उक्त चलचित्र किशोर सुब्बाले निर्देशन गरेका हुन भने बिराज लिम्बू र मणि ताम्लिङ्ले निर्माण गरेका हुन। सन 2019 सेप्टेम्बर 14 मा डेन्जोङ सिनेमा हल गान्तोक सिक्किममा पहिलो प्रीमियर सो हुने प्रस्तुतकर्ता मणि ताम्लिङ्ले बताए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…