•  

    उर्लाबारी÷ मोरङको उर्लाबारी स्थित सुदर्शन बचत तथा ऋण सहकारी संस्थाले आर्थिक वर्ष ०७५÷०७६ को वार्षिक कार्ययोजनामा प्रस्ताव राखेर साधारणसभाबाट पारित नै नगराई पथरीमा सेवा केन्द्र सञ्चालनमा ल्याएको खुलेको छ ।

    सस्थाले ९ औं वार्षिक साधारण सभा असोज ११ गते शनिवार उर्लाबारी ७ को उर्लाबारी पार्टी प्यालेसमा गरेको थियो । सहकारी संस्थाले सदस्यहरूलाई पठाएको साधारण सभामा प्रस्तुत हुने वार्षिक प्रतिवेदन पुस्तिकामा उल्लेख भएका छलफलका विषयमा समेत छलफल नभएको शेयर सदस्यहरू बताउँछन् ।

    प्रतिवेदनमा प्रस्ताव नं. १ मा अध्यक्षले प्रस्तुत गर्ने वार्षिक प्रतिवेदन माथि छलफल उल्लेख गरिएको छ । तर पुस्तकमा गत वर्षको प्रगती प्रतिवेदन र चालु आवको प्रस्तावित काय्र्र योजना नै प्रस्तुत गरिएन । अध्यक्षद्वारा प्रस्तुत प्रतिवेदन भनेर चुक्ता पूँजी,कुल निक्षेप, कूल कर्जा तथा सापटी , कुल आम्दानी , सञ्चालन मुनाफा र कुल कारोवारका प्रतिवेदन मात्रै प्रस्तुत गरियो ।

    विषय सूचीमा उल्लेख गरिएका छलफलका विषय नै साधारण सभामा छलफल नै नगराई कम्पनी शैलीबाट साधारण सभा सम्पन्न गर्ने गरेको सहभागिहरू बताउँछन् ।

    पुस्तिकामा छलफलको चौथो नम्वरमा आव ०७५÷०७६ मा सञ्चालक समितिको निर्णयले भएका गरेका सम्पूर्ण कार्यहरूको अनुमोदन गर्ने उल्लेख छ । तर प्रतिवेदनमा के के निर्णय भए र के के अनुमोदन गर्नुपर्ने भन्ने उल्लेख छैन ।

    सामान्यतया साधारण सभा भन्दा अघि कुनै ठूलो निर्णय गर्नु पर्नु अवस्थामा मात्र बैठकले निर्णय गरी त्यो विषय साधारण सभामा टेवुल गरी पारित गराउनु पर्ने कानूनी ब्यवस्था छ । छलफलको सातौं र आठौं बुदामा क्रमश शेयर सदस्य र कर्मचारीलाई बोनस वितरणको कुरा उल्लेख छ । तर, गत वर्षको प्रगति प्रतिवेदनमा गत आवमा कति प्रतिशत बोनस वितरण गरियो भन्ने उल्लेख गर्न सहकारीले आँट गरेको छैन् ।

    अझ रोचक पक्ष त सहकारी संस्थाको विनियम संसोधन र कोष ब्यवस्थापनको विषयलाई त छलफल मै लगिएन । पुस्तिकामा स्पष्ट देखिने गरी विनियमको कुन कुन परिच्छेदले कार्य सञ्चालनमा बाधा पु¥यायो र त्यसको सट्टामा के के थप्नु पर्ने भयो ।
    त्यसको कारण समेत खुलाई वार्षिक प्रतिवेदनमा उल्लेख गर्नु पर्ने कानूनी ब्यवस्था छ । विनियम संसोधन र कोषको व्यवस्थापनका विषयमा समेत सहकारीले खुलेर बोल्ने आँट गरेको छैन् । सहकारीमा कोषाध्यक्ष र ब्यवस्थापक कोषको जिम्मेवार ब्यक्ति हुन्छन् ।



    सुदर्शन सहकारी मात्र त्यस्तो संस्था हो जहाँ कोषाध्यक्षले आफ्नो वार्षिक आय–ब्यय नै प्रस्तुत गर्दैनन । न त लेखापरिक्षण प्रतिवेदनमा कोषाध्यक्षको हस्ताक्षर नै हुन्छ ।
    प्रतिवेदनको लङ्फर्ममा मात्र सदस्य सङ्ख्या उल्लेख गर्ने सहकारी पनि सुदर्शन मात्रै हो ।

    गत असोज ११ गते ९ औं साधारण सभाका अवसरमा प्रस्तुत गरिएको प्रतिवेदनमा मात्र संस्थाको सञ्चालक समिति ७ सदस्यीय भएको उल्लेख छ । ६ हजार ३१३ जना शेयर सदस्य रहेको सहकारीमा ७ सदस्यीय सञ्चालक समिति छ । त्यसमा पनि सञ्चालक समितिको नाम कतै उल्लेख छैन ।

    केही ब्यक्तिले सहकारीको नाममा कम्पनी चलाएर स्थानीय ब्यापारीहरूलाई सेवा पु¥याए पनि त्यो सहकारी मापदण्ड अनुसार छ कि छैन भन्ने विषयमा सरोकारवाला निकायको ध्यान जान जरुरी छ । सहकारीका लागि उर्लाबारी मलिलो भूमि हो ।

    यहाँका समूदायमा आधारित सहकारीले सुदर्शनको जस्तो सेवा प्रवाह गर्न नसकेका होलान् । तर , समूदायमा आधारित सहकारीले हरेक सदस्यलाई शेयर प्रमाण पत्र दिएका छन् । मुनाफा दिएको प्रष्ट खुलाएका छन् । साधारण सभामा वितरण गरिने प्रतिवेदन नै छर्लङ्ग हुन्छ ।

    तर, सुदर्शन सहकारीले हाल गरिरहेको सेवा सदस्यका लागि ‘मूतको न्यानो’मात्र भएको सहकारी विज्ञहरू बताउछन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…