• जीवनलाई सुखी र सफल बनाउनका लागि गरुड पुराणमा थुप्रै नीति बताइएका छन् । गरुण पुराण १८ वटा पुराणमध्ये एक हो । यसमा जीवन र मृत्युसँग जोडिएका रहस्यबारे बताइएको छ । गरुण पुराणमा आचारकान्डको नीतिसार अध्यायमा बताइएका केही विशेष नीतिबारे जानकारी लिऔंः

    – सधैं धैर्यवान् हुनुहोस्

    कुनै पनि काममा स्थाई सफलता त्यतिबेला मात्रै पाइन्छ जब हामी अन्तिम समयसम्म धैर्यवान् हुनेछौं । जुन पल धैर्यतालाई तोड्दै हतार गर्न थाल्नुहुन्छ त्यति बेला असफल हुने सम्भावना बढ्न थाल्छ । त्यसकारण हतार नगर्दा नै राम्रो हुन्छ ।

    – क्रोधलाई नियन्त्रण गर्नुहोस्

    क्रोधका कारण कुनै पनि व्यक्तिको सोच्ने बुझ्ने क्षमता कम हुनथाल्छ । क्रोधी व्यक्तिको जीवन शान्तपूर्ण हुन सक्दैन । जहाँ अशान्ति हुन्छ त्यहाँ असफलता र दरिद्रताले जरो गाडेको हुन्छ । क्रोधका कारण बन्नै लागेको काम बिग्रन्छ ।

    – बिचार र शरीरलाई पवित्र बनाइराख्नुपर्छ

    हामीले कहिले पनि अरु बारे नराम्रो सोच्नु हुँदैन । महिलाप्रति गलत विचार राख्ने पुरुषले भाग्यको साथ पाउँदैनन् । विचारको पवित्रता कायम गर्नुपर्छ । जो व्यक्ति मन र शरीरको पवित्रता कायम राख्छन् उनीहरुको सकारात्मक सोचका कारण सफलता पाइने अत्यधिक सम्भावना बढ्ने गर्छ । मनको पवित्रता राम्रो विचारमार्फत् कायम रहन्छ भने शरीरको पवित्रता सफा सुग्घर रहँदा यथावत् हुन्छ ।

    – सबैलाई दया गर्नुहोस्

    आवश्यकतामा भएका मानिसहरुको लागि हाम्रो मनमा दयाको भाव हुन अत्यावश्यक छ । समय समयमा यस्ता मानिसहरुलाई आफ्नो गच्छे अनुसार मद्दत गरिरहनुपर्छ ।

    – सरल र मिठो बचन बोल्नुपर्छ

    घर परिवार होस् वा समाजमा, हामीले सधैं मिठो बचन प्रयोग गर्नुपर्छ । जान अञ्जानमा कहिले पनि यस्ता शब्दको प्रयोग नगर्नुहोस् जसले कसैको मनमा ठेस् पुर्याउँछ । तितो र कडा बोल्ने मानिसले घर–परिवार र समाजको मान–सम्मान प्राप्त गर्दैनन् ।

    – साथीसँग द्वेषको भावना नराख्नुहोस्

    साथीभाइ र शुभचिन्तकसँग द्वेषको भावना राख्नुहुँदैन । अरुलाई घृणा गर्ने मानिसहरु कहिले पनि खुसी हुन सक्दैनन् । सबैसँग प्रेम भाव राख्नुहुन्छ भने मन शान्त हुनेछ र प्रसन्नता कायम रहिरहनेछ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…