• । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले गरेका काम बिरुद्ध योजनाबद्ध रुपमा भ्रम फिंजाइए पनि अहिले असाधारण ढंगले नयाँनयाँ कामहरु भएकोवताउनु भएको छ । प्रेस संगठन नेपालको भेलालाई शनिवार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक स्थिरता, विकास र सुशासनका पक्षमा राष्ट्रले प्राप्त गरेका उपलब्धिलाई ओझेल पार्न अफवाह फैलाउने प्रबृत्ति बढेको पनि वताउनु भयो ।

    ‘अहिले असाधारण ढंगले नयाँनयाँ कामहरुभएका छन् । ६ वर्ष भित्र काठमाडौं–पोखरा–लुम्बिनी रेल बनिसक्ने ७ खर्वको लगानी हुने, यसको सर्वे भइसक्यो । मान्छेहरुको मन पोल्ने कुरा छ । यो काम भयो भनेदेखि त यो सरकारले यसरी अगाडि बढायो भन्ने जस पो हुने भयो’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘मैले खोलाको बाटोबाट पनि हामी आगगमन गर्न सक्छौं भने, उडाए । हामी समुन्द्रमा जहाज चलाउन सक्छौं भने, उडाए । कति दयनीय अवस्था छ विरोधीहरुको ? हामी अब छिटै फलाम खानी निकाल्दै छौं, तेलको हामी सर्वे गर्दै छौं ।

    हामी सिमेन्टका उद्योगहरुबाट आफूले प्रयोग गर्ने मात्रै होइन, सिमेन्ट निर्यात गर्ने स्थितिमा पुग्दै छौं । फलाम खानी हामीले निकालेपछि बाहिरबाट फलाम ल्याउनेभन्दा हाम्रो निर्यात गर्न सक्ने अवस्थामा हुनेछौं र त्यसबाट हामी अटोमोबाइल्स आदिका फ्याक्ट्रिहरु, विभिन्न प्रकारका फ्याक्ट्रिहरु, निर्माण सामग्रीहरु आफ्नो देशमा उत्पादन गर्न सक्छौं ।’

    सरकारले अहिले गरेका कामका कारण असन्तुलित रहेको ब्यापार घाटा कम हुने पनि प्रधानमन्त्री ओलीले वताउनुभयो । ‘हामीले गर्ने यी उत्पादनका कामले व्यापारमा हाम्रो जुन असमानता र घाटा छ, त्यो घाटालाई विस्तारै पूरा गर्न सक्छ’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    सरकारले सकारात्मक र उपलब्धिमूलक काम गरे पनि मुलुकले हासिल गरेका सकारात्मक उपलब्धिहरुलाई अफवाह मार्फत ओझेल पार्ने प्रयास भइरहेको प्रधानमन्त्री ओलीले वताउनु भयो । वर्तमान सरकार बन्नु अघि गैरकानुनी र अनियमित काम गर्नेहरुले अहिले सरकारले चालेका सकारात्मक कदमहरु बिरुद्ध भ्रम फैलाउन मिडिया र सामाजिक सञ्जाल प्रयोग गरेको उहाँको भनाई थियो ।

    ‘जनताका हातमा पैसा हुँदैन, जनताका हातमा धेरै चिज हुँदैन ।सम्पन्नहरुले साधन स्रोतको प्रयोग गरेर र खासगरी विभिन्न संचार माध्यमहरु, सामाजिक संजाल प्रयोग गरेर, त्यसमा लगानी गरेर, त्यसमार्फत हमला गर्न खोज्छन् र सारा उपलब्धिहरुलाई ओझेल पार्ने र नभएका कुराहरुलाई उछाल्ने गर्छन्’ प्रधानमन्त्री ओलीले भन्नुभयो, ‘जनताले अन्तरवस्तु सबै बुझ्न पाएका हँुदैनन् । भ्रम फिजाएपछि त्यो भ्रमको असर परिराखेको हुन्छ ।’ उहाले त्यसरी फिंजाइएको भ्रमप्रति सजग हुनु जरुरी रहेको वताउनुभयो ।

    प्रधानमन्त्री ओलीले गोकर्ण रिसोर्टको जग्गा लिज सम्बन्धि चलाइएको अफवाहबारे प्रष्ट पार्दै पहिलेका सरकारहरुले हचुवाका भरमा गर्ने गरेका निर्णयहरुलाई अहिले सच्याएको वताउनु भयो । ‘हामीमाथि कसरी आक्रमण हुन्छ म उदाहरण दिन्छु– केही दिन अगाडि गोकर्ण रिर्सोटको लिज अवधि थपियो । पहिले हचुवाका भरमा मुल्य राख्ने, हचुवाका भरमा लिज दिने चलन थियो ।अहिले विभिन्न स्वतन्त्र संघ संस्थाहरुबाट मूल्याङ्कन गराएर, मूल्याङ्कनका विधिहरु तयार गरेर, त्यस विधि अन्तर्गत दिइयो’ प्रधानमन्त्री ओलीले भन्नुभयो ।

    ब्यवसायिक संस्थाहरुले संरचना निर्माण लगायतमा गरेको लगानी सुरक्षित हुने भएपछि मात्रै उद्योगबाट सञ्चालन गर्न सक्ने भन्दै प्रधानमन्त्री ओलीले गोकर्ण रिसोर्टको लिज अवधि थपिएको बारे स्पष्ट पार्नुभयो । ‘अवधि बाँकी रहंदै किन दिइयो भन्ने प्रश्न पनि आयो ।

    अवधि बाँकी रहँदै किन दिनु पर्छ भने, कि त्यसलाई नचलाउने भन्नुप¥यो कि अरु केही गर्नु प¥यो । जब कसैले लिज लिएको छ,सरकारलाई कर तिर्छु भन्छ, तिरेको छ । त्यो लिजको रकम राम्रो तिर्छु भन्छ, कम्पिटिसनमा जान्छु भन्छ भने त्यो लिन नपाउने भन्ने कुरा होइन । र, अहिले नै भएन भने उसले निर्माण गर्नै नै सक्दैन ।

    बैंकबाट लोन लिनु प¥यो, निर्माण गर्नु प¥यो अनि संचालन गर्नु प¥यो । अब बीस वर्ष लिज लियो, दश वर्ष निर्माण गर्न नै लाग्छ । त्यसकारण पहिले समय अवधि छँदै उसलाई लिज अवधि थप्यो भने त्यो कुनै अुनचित कुरा होइन ।’

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…