काठमाडौं । संघीय संसदको सभामुख र एमसीसीको विषयमा छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्ने भएको छ ।
आइतबार बिहान नेकपाको सचिवालय बैठक बस्न लागेको हो ।
तत्कालीन सभामुख कृष्णबहादुर महरा सचिवालयकी एक महिला कर्मचारीमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेपछि सभामुख पद रिक्त छ ।
त्यसैगरी नेपालले सन् २०१७ मा सम्झौता गरेको ५६ अर्ब बराबरको विकास सहयता रकम स्वीकार गर्ने अथवा नगर्ने भन्ने विषयमा सत्तारुढ दलभित्र विवाद छ । यस विषयमा पनि आज छलफल गरिने जनाइएको छ ।