काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ) ले त्रिभुवन विश्वविद्यालय (त्रिवि) का उपकुलपति प्रा.डा.धर्मकान्त बास्तोलाको कार्यकक्षमा तोडफोड गरेको छ ।
गलत मान्छेलाई त्रिविको रजिस्ट्रार नियुक्त गरेको भन्दै नेविंघस त्रिवि समितिले उपकलपति बास्तोलाको कार्यकक्ष तोडफोड गरेको हो ।
विद्यार्थीले लामो समयदेखि विश्वविद्यालयमा राजनीतिक भागबन्डा बन्दको माग गर्दै आए पनि आफूहरूका माग सुनुवाई नभएको भन्दै आन्दोलनमा उत्रिनु परेको नेविसंघले जनाएको छ । आफूहरुका माग सम्बोधन नभए कडा रुपमा आन्दोलनमा उत्रिने नेविसंघले जनाएको छ ।