• काठमाडौं, १३ पुस । प्रधानमन्त्रीसमेत रहेका नेकपाका एक अध्यक्ष केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री समेत भएका नेकपाकै अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीचको झगडाले अन्ततः उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई फाइदा हुने भएको छ । शिवमायाले आफू सभामुख हुने ग्यारेण्टी नहुन्जेलसम्म उपसभामुखबाट राजीनामा नदिने अडान लिएकी छिन् ।

     

     

    उनी आफू जरी भए पनि सभामुख हुन पाउनुपर्ने अडानमा छिन् । पार्टीका नेताहरुले भने पार्टीले उपसभामुख बनाएकाले गर्दा पार्टीले भनेपछि तुरुन्त राजीनामा दिएर सहज वातावरण बनाइदिनुपर्ने तर्क गर्दै आएका छन् ।

    विशेष गरी सभामुखमा ओलीले पूर्व सभामुख तथा नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङलाई अघि सार्ने सोच बनाएका छन् भने प्रचण्डले अग्निप्रसाद सापकोटालाई सभामुख बनाउन चाहेका छन् । ओली र प्रचण्डको झगडाले अहिले उग्र रुप लिएको छ ।

     

     

    यसैकारण शुक्रबार बोलाइएको संसदको बैठक समेत बस्न सकेन । चितवनमा रहेका प्रचण्ड काठमाडौं आएनन् । नेम्वाङले पनि सभामुख ह्याट्रिक गर्न चाहेका छन् । उनी पटक पटक पार्टीले भनेपछि उपसभामुखले सहजै ढंगले राजीनामा दिनुहुने तर्क गर्दै आएका छन् ।

    नेम्वाङ पक्षधरहरु जसरी भए पनि उपसभामुख तुम्वाहाम्फेलाई राजीनामा गराउन ज्यान फ्यालेर लागेका छन् । नेम्वाङका मान्छेहरुले तुम्बाहाम्फेलाई राजीनामा दिन समेत फकाइरहेका छन् तर उपसभामुख भने तत्कालीन सभामुख महराले गरेको गल्तीको भागीदार आफू किन बन्ने ? भनेर सबैलाई प्रश्न गरिरहेका छन् ।

     

    सभामुख बन्ने विषय उठिरहँदा पूर्व एमाले र पूर्व माओवादीको चर्चा सुरु भएको छ । पूर्व माओवादीहरुले भने आफूले पाएको पद नछोड्ने अडान लिएका छन् तर पूर्व एमाले भनिनेहरुले भने दुवै पार्टी एक भइसकेकाले छुट्याएर हेर्न नहुने अडानमा छन् ।

    उपसभामुख तुम्बाहाम्फेले आफूलाई सभामुख बनाउने विषयमा पार्टीले ग्यारोण्टी लिए मात्र राजीनामा दिने बताएकी छिन् । राष्ट्रपति विद्यादेवी भण्डारीले पनि शिवमायालाई सभामुख बनाउने दाउ गरेकी छिन् । राष्ट्रपतिको अडान र निर्देशन पनि पार्टीले मान्दै आएको छ ।

     

    राष्ट्रपतिले पछिलो समयमा आएर अन्य विषयमा पनि हस्तक्षेप गर्दै आएकी छिन् । ओली र दाहालबीच मत भिन्नता बढ्दै गएपछि राष्ट्रपतिले सभामुख चयनमा ढिला भयो भनेर प्रतक्ष्य रुपमा हस्तक्षेप गर्ने गर्ने सम्भावना रहेको पनि समाचार स्रोतले जनाएको छ ।

    भागबण्डा नमिल्दा एकातिर प्रतिनिधि सभाको बैठक पनि बस्न सकेको छैन भने अर्कातिर प्रमाणित भइसकेका पाँच वटा विधेयक पनि प्रमाणीकरण हुन सकेका छैन । संविधानले सभामुख र उपसभामुखमा एक जना महिला हुनुपर्ने र फरक फरक पार्टीको हुनुपर्ने व्यवस्था गरेको छ । अहिलेसम्म संविधानको समेत खिल्ली उडाउँदै नेकपाले नै दुवै पद राख्दै आएको थियो, आलोचनामा उल्लेख छ ।

     

    अब सभामुख र उपसभामुख छनौटमा भने नेकपाले पनि यो व्यवस्था मान्नुपर्ने बाध्यता छ । शिवमाया नै सभामुख भए उपसभामुख राजपाले पाउने निश्क्चित छ । यसअघि नै राजपा र नेकपाले राष्ट्रियसभाको निर्वाचनका लागि प्रदेश २ मा आगामी माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचनमा चुनावी तालमेल गरिसकेका छन् ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…