• काठमाडौं, १३ पुस । अन्ततः मधेसवादी दलका नेता प्रदेश नम्बर २ मा पनि विभाजन हुने भएका छन् । यसका कारण मुख्यमन्त्री लालबाबु राउतको पद धरापमा परिसकेको छ । अब नेकपा र राजपा मिलेर प्रदेश २ मा सरकार बनाउने बारे भित्री तयारी अघि बढेको छ । यसमा प्रधानमन्त्री केपी ओलीले ठूलो चलखेल गर्नु भएको छ ।

    ओलीले सत्तारोहणलगत्तै समाजवादी दलका अध्यक्ष उपेन्द्र यादवलाई सरकारमा ल्याउनु भयो । प्रदेश २ मा शक्तिशाली बनेको समाजवादीले राष्ट्रिय जनता पार्टी नेपालसँगको सहकार्यमा मुख्यमन्त्रीसमेत पायो । प्रदेशमा राउत मुख्यमन्त्री बन्नुभयो भने केन्द्रमा उपेन्द्र यादव उपप्रधानमन्त्री । प्रदेश २ मा समाजवादी र राजपाको सहकार्य यथावत् रह्यो । ओलीले पछिल्लो समय नयाँ अस्त्र हान्नुभएको छ ।

    सरकारमा मन्त्री हेरफेर गर्दा उपेन्द्रलाई स्वास्थ्यबाट कानुनमा लानुभयो । यादवलाई सरकारबाट हटाउने उहाँको संकेत थियो त्यो । तैपनि, यादवले सरकार छाड्नु भएन । तर, राष्ट्रिय सभा निर्वाचनमा नेकपा र राजपाबीच सहकार्यको सहमति जुट्यो । राजेन्द्र महतोसँग सहमति गरेर ओलीले नयाँ अस्त्र फ्याँकेलगत्तै उपेन्द्रले सरकार छाड्नुभयो ।

    राजपाले समाजवादीसँग एकताका लागि सरकार छाडेर आउनुपर्ने शर्त राख्दै आएको थियो । समाजवादी र राजपाबीच एकताको गृहकार्य चलिरहँदा नयाँ घटनाक्रम विकास भयो । यसमा ओलीले कडा अस्त्र प्रहार गर्नुभएको छ । उहाँले समाजवादीसको एकताभन्दा पनि दुरी बढ्ने मार्ग कोरिएको छ ।

    सरकार छाडेपछि उपेन्द्रले एकताका लागि बल राजपाको कोर्टमा रहेको बताउनु भएको छ । उहाँले भन्नुभयो–राजपा हामीले छाडेको ठाउँमा जान्छ कि जाँदैन हेर्न बाँकी छ । तर, राजपा सरकारमा जान खुट्टा उचालिरहेको छ । राजपा नेता वृषेशचन्द्र लालले सरकारमा जान सक्ने संकेत गर्नुभएको छ ।

    उहाँले भन्नेभयो– हामी सरकारमा पनि जान सक्छौं । नेकपा र राजपाबीचको राष्ट्रिय सभाको निर्वाचन गठबन्धनलाई अझै अघि बढाउन खोजिएको छ । यसलाई लालले पनि पुष्टि गर्नुभयो । अब राजपा सरकारमा जान सक्ने सम्भावना बढेको छ । राजपासँग पार्टी एकताका लागि उपेन्द्र यादव र बाबुराम भट्टराई दुवै सक्रिय हुनुभएको छ । राजपा समाजवादीसँग भन्दा नेकपासँग नजिकिँदै छ ।

    पछिल्लो सहकार्यबाट राजपाले कम्तीमा एक राष्ट्रिय सभा सदस्य निर्वाचन गराउन सक्ने सुनिश्चित भइसकेको छ । उसले उपसभामुखमा पनि दाबी गरेको छ । नेकपा र राजपाबीचको सहकार्यमा सभामुखको निर्वाचन हुँदै सरकारसम्म पनि हुने सम्भावना बढेको छ । राजपाले समाजवादीले पाएको दुई मन्त्रीसहित सरकारमा जानेतर्फ गृहकार्य अघि बढेको छ ।

    राजेन्द्र महतो संविधान संशोधनको पक्षधर र मधेस आन्दोलनका बेला सबैभन्दा सशक्त नेता देखिएकाले उहाँ राजपा अध्यक्षमण्डलको संयोजक बनेकै बखत सहमतिको गृहकार्य भइरहेको छ । महतोलाई सरकारमा ल्याए राजपा र समाजवादीबीच दुरी बढाउने तथा भविष्यमा संविधान संशोधनतर्फ पनि बढ्ने गरी ओली अघि बढ्नुभएको छ ।

    उहाँले एउटै अस्त्रले राजपा र समाजवादीबीच सहकार्य टुटाउनेदेखि विगतमा थाती रहेका कतिपय विषयमा पनि अघि बढ्ने मार्ग कोर्नभएको छ । समाजवादी र राजपा दुवै सरकार बाहिर भएकाले पार्टी एकताको सम्भावना बलियो वातावरण बनेको तर्क गर्नेहरु नभएका होइनन् । तर, राजपाले नेकपासँग सहकार्य अघि बढाएपछि एकताभन्दा झन् दुरी बढ्ने अवस्था बनेको हो । यसले मधेस केन्द्रित प्रभावशाली नेताबीच सम्बन्ध बिग्रन थालेको छ । विमर्शका साथमा ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…