• सहकारीको नाममा अवैध धन्दा गर्ने पक्राउ

    उर्लाबारी । सहकारीको नाममा अबैध रूपमा कार्यालय राखि ठगी गरेको भन्दै झापाको गौरादहमा एक व्यक्तिलाई प्रहरीले शुक्रबार पक्राउ गर्यो। कमल गाउँपालिका ६ का पुष्प बहादुर भण्डारी ले दर्ता नै नभएको सहकारी सञ्चालन गरेको आरोपमा भण्डारीलाई पक्राउ गरेको थियो ।
    पक्राउ परेका भण्डारीले जलपादेवी सहकारी संस्थाका व्यवस्थापक भएको भन्दै वचत सङ्कलन गर्दै आएका थिए।

    तर उनले बताएको सहकारी कुनै दर्ता भएको छैन । भण्डारीले जलपादेवी सहकारीको पासबुक बनाएर बिगत ३ महिना देखि स्थानीय कमल गाउपालिका र गौरादह नगरपालिका क्षेत्रका व्यवसायीहरु संग रकम उठाउने गरेका थिए ।

    उनले जलपादेवी सहकारीको नाममा यस क्षेत्रमा ५६८ जना भन्दा बढीलाई वचतकर्ता बनाएर नियमित रकम सङ्कलन गर्ने गरेको पिडित बताउछन ।

    संस्था सञ्चालक भण्डारीको नियत माथी संका लागेपछि केही खातावालाहरुले निक्षेप फिर्ता गराउन माग गरेको तर भण्डारीले आनाकानी गर्न थालेपछि घटना बाहिरिएको थियो ।

    कर्जा लगानी गरेको तमासुकमा समेत उनले जथाभावी अंक थप्ने गरेको सरोकारवालाले आरोप लगाएका छन् । २ हजार रिण लगानी गरेको कागजमा १० हजार सम्म लेखेको गरेको पाएको छ। भण्डारी ले ४ जना कर्मचारी राखेर अवैध रुममा कार्यालय सञ्चालन गरेका थिए।

    महिनाको ५ हजार तलब दिने भन्दै नगद संकलन गर्न राखिएका दुई जना महिला कर्मचारीले अहिलेसम्म एक पैसा तलब नदिएको पिडित कर्मचारीले बताए ।

    कार्यालयका कर्मचारीहरुले आफुहरु माथी भण्डारीले दुर्व्यवहार समेत गर्ने गरेको महिला कर्मचारीहरुले आरोप लगाएका छन् ।

    भण्डारी पक्राउ परेपछि आफनु रकम फिर्ताको माग गर्दै वचत कर्ताहरुले आईतवार ईलाका प्रहरी कार्यालय दमकमा भेला भएर दबाब दिएका छन । पिडित र आरोपित भण्डारी बिच छलफल गराएर रकम फिर्ता गर्न लगाईने ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ। एक प्रहरी अधिकारी भन्छन् भण्डारी ले सहकारी को नाममा ठगेका छन तर पिडित सग आफू ठगिएको कुनै प्रमाण नभएकाले मुद्दा चलाउन समस्य भएको छ त्यसैले छलफल गराएर रकम फिर्ता गराउन लगाउछौ ऐले सम्म भण्डारीले कति रकम ठगेका छन । हामी डाटा सङ्कलन गर्दै छौ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…