• उर्लाबारी । इन्टरनेट प्रदायक संस्था आइजोन प्रा.लि.ले इन्टरनेटसँगै नेट टिभीको सेवा सुरु गरेको छ ।
    सूचना प्रविधिमा सर्वसाधारणको आकर्षण बढ्दै गएकोले सबैको पहूँचमा इन्टरनेटसँगै नेट टिभी पुर्याउने उद्देश्यले सेवा विस्तार गरिरहेको प्रा.लि.का प्रबन्ध निर्देशक नविन श्रेष्ठले बताए । इन्टरनेट सेवाको पहुँच सहज, विश्वासनीय र मितव्ययिता अपनाउने उद्देश्यले सहुलियत शुल्कमा इन्टरनेट वितरण गरिरहेको प्रबन्ध निर्देशक श्रेष्ठले बताए । बार्षिक १ हजार ८ सयमा नेट टिभी प्रदान गर्दै आएको उनको भनाई छ ।

     

    २०७२ सालमा स्थापित सो प्रालिको उर्लाबारी–५ मा केन्द्रीय कार्यालय रहेको छ भने इटहरीमा क्षेत्रीय कार्यालय, इनरुवा, विराटचोक, पथरी, दमक, विर्तामोड, मधुमल्लालगायतमा शाखा कार्यालयहरु रहेको मेनेजर समशेर आलमले बताए । २०, ४० र ६० एमबीपीएस इन्टरनेट क्षमता रहेको सो प्रा.लि.ले एमपिएलस प्रणाली समेत जडान गरेको छ । यसले इन्टरनेट सेवाको गति नियमित र सुरक्षित गर्ने जनाइएको छ ।
    करिब १५ करोड रूपैयाँको लगानीमा सञ्चालित कम्पनीले ५ सय किलोमिटर अप्टिकल फाइवरमार्फत उच्च गुणस्तरको इन्टरनेट प्रदान गरिरहेको निर्देशक श्रेष्ठले बताए । आइजोन प्रा.लि.ले ८० भन्दा बढीलाई रोजगारीसमेत दिएको बताइएको छ ।

     

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…