उर्लाबारी, १३ पुस/नेपाल कांग्रेस उर्लाबारी र राजघाटको समायोजनपछि आइतबार नयाँ समिति गठन भएको छ । समितिको सभापतिमा विरवल थापालाई चयन गरिएको छ । उर्लाबारी–७ स्थित देवीस्थान दुर्गामन्दिरमा भएको कांग्रेस कार्यकर्ताहरुको भेलाले थापालाई सभापतिमा चयन गरेको हो ।
कांग्रेसको नगर सहसभापतिमा बाबुराम बुढाथोकीलाई चयन गरिएको छ । त्यसैगरी वडा नम्बर १ संयोजकमा कमल तामाङ, वडा नम्बर २ संयोजकमा रुद्र वराल, वडा नम्बर ३ संयोजकमा गञ्जबहादुर कार्की, वडा नम्बर ४ संयोजकमा प्रकाश श्रेष्ठ, वडा नम्बर ५ संयोजकमा सुरेन्द्र लिम्बु, वडा नम्बर ७ संयोजकमा टंक काफ्ले, वडा नम्बर ८ संयोजकमा खड्ग धिमाल र वडा नम्बर ९ संयोजकमा प्रकाश कन्दङ्वालाई चयन गरिएको छ ।
कांग्रेस जिल्ला सचिव मोदराज घिमिरेको रोहबरमा सो समिति गठन गरिएको हो । वडा नं ६ को संयोजक भने केहीदिनपछि चयन गरिने कांग्रेसले जनाएको छ ।