• काठमाडौं । नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रममा सहभागी हुन २० हजार जनालाई औपचारिक निमन्त्रणा दिइएको छ । भ्रमण वर्षको उद्घाटन आगामी जनवरी १ अर्थात् पुस १६ गते काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले साढे ३ बजे उद्घाटन गर्ने तयारी छ ।

    २० हजार बढी निमन्त्रणा कार्ड नेपालस्थित विदेशी कूटनीतिज्ञ, सरकारी, निजी क्षेत्रका प्रतिनिधिसहित उच्चपदस्थ व्यक्तिसहित सञ्चारकर्मीका लागिसमेत रहेको सचिवालयका कर्मचारीले जानकारी दिए । उद्घाटन कार्यक्रम करिब ३ घण्टासम्म चल्ने छ । उद्घाटन कार्यक्रम हेर्न रंगशालामै ठुलो स्क्रीनसमेत राख्ने तयारी सचिवालयले गरेको छ ।

    राष्ट्रपति, प्रधानमन्त्रीसहित विशिष्ट पाहुनालाई रंगशालाको ग्राउन्डमा विशेष मञ्च बनाएर राखिनेछ भने अन्य आगन्तुकलाई प्याराफिटमा राख्ने तयारी छ ।

    भ्रमण वर्ष २०२० का राष्ट्रिय संयोजक सुरज वैद्यले भ्रमण वर्षको शुभारम्भ साग खेलकुदको उद्घाटनभन्दा कम नहुने बताए । उनले त्यो भन्दा राम्रो गर्ने तयारी गरिरहेको बताए ।

    उनले आमन्त्रण गरिएका व्यक्तित्वहरुलाई तीन बजेभित्रै रंगशालाभित्र बसिदिन समेत आग्रह गरे । जाडो मौसम भएकाले उद्घाटन कार्यक्रममा सहभागी हुनेहरुका लागि समेत केही व्यवस्था गर्न खोजिएको पनि वैद्यले बताए ।

    ८ देशका मन्त्रीसहित उच्चस्तरीय टोली आउँदै

    सरकारले भ्रमण वर्ष शुभारम्भका दिन हालसम्म विभिन्न ८ देशमा मन्त्रीसहित उच्चस्तरिय टोली आउने निश्चित भएको जनाएको छ । सरकारले विभिन्न करिब ४० देशका पर्यटनमन्त्रीहरुलाई सहभागी हुन निमन्त्रणा पठाएको थियो । हालसम्म भारत, चीन, म्यानमार, कतार, भूटानका मन्त्री आउने निश्चित भएको मन्त्रालयका एक अधिकारीले जानकारी दिए ।

    यस्तै कम्बोडियाबाट समेत उच्चस्तरीय टोली सहभागी हुने बताइएको छ । भ्रमणवर्ष शुभारम्भमा विभिन्न देशका मन्त्रीहरु आउने भएपछि जनवरी १ मै मन्त्रीहरुको बैठक गर्ने तयारी गरिरहेको पर्यटन बोर्डका निवर्तमान प्रमुख अधिकृत दीपकराज जोशीले जानकारी दिए ।

    भुटानको पर्यटन परिषद्का महानिर्देशकसहितको टोली सोमबार नै काठमाडौं आउँदैछन् ।

    भ्रमणवर्ष शुभारम्भका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आउने सबै पर्यटकलाई विभिन्न कुपन दिइने भएको छ । निजी क्षेत्रले होटलमा डिस्कान्टदेखि खाना, खाजालगायतमा डिस्काउन्ट दिने गरी कुपनको व्यवस्था गरिएको छ । त्यस्तो कुपन जनवरी १ दिनभरी आउने विदेशी पर्यटकलाई बाँड्ने तयारी भइरहेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…