• पुस १४, २०७६

    जनकपुरधाम : शीतलहरले प्रदेश २ का आठै जिल्लाको जनजीवन कष्टकर बनेको छ । दुई सातादेखि तराई÷मधेसका जिल्लाहरुमा सुरु भएको शीतलहरले सर्वसधारणको ज्यानै जोखिममा परेको हो ।

    चिसो हावासँगै अत्यधिक कुहिरो लाग्न थालेपछि मधेसका जिल्लाहरुमा चिसो बढ्दै गएको छ । चिसोले घरबाट निस्किन पनि गाह्रो भएको सर्वसधारण बताउँछन् । बजारमा चहलपहल घटेको छ । प्रदेश २ का अधिकांश विद्यालय बन्द गरिएको छ ।

    चिसोका कारण वृद्धवृद्धा र बालबालिकाहरु बढी प्रभावित भएका छन्। सर्वसधारण घुरा (आगो) बालेर दिन काट्न बाध्य छन् । मजदुरी गरी घरपरिवार चलाउनेहरु समस्यामा परेका छन् । काम गर्न नपाएपछि घर चलाउन पनि समस्या भएको जनकपुरमा ठेला चलाउँदै आएका बद्री पासवानले गुनासो पोखे । उनले भने, ‘चिसोले काम गर्ने अवस्था रहेन । एक सातादेखि काम गर्न बजार गएको छैन ।’ चिसोका कारण आठवटै जिल्लाका अस्पतालहरुमा बिरामीको संख्या बढेको छ। रुघाखोकी, ज्वरो, निमोनियाँका बिरामीहरु बढेको अस्पतालले जनाएको छ।

    जनकपुरस्थित प्रादेशिक अस्पतालमा दम, खोकी तथा निमोनियाका बिरामी बढेको अस्पतालका चिकित्सकहरुले बताएका छन्। चिसोले कठाग्रिएर ज्यान पनि गुमाएका छन् । कतिपयले चिसो छल्न बालेको आगो लुगामा सल्केर ज्यान गुमाएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ

    । चिसोले चारजनाको मृ,त्यु चिसोका कारण प्रदेश २ मा अहिलेसम्म चारजनाको मृत्यु भएको छ। प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार धनुषा १, बारा २ र पर्सामा १ जनाको मृ,त्यु भएको हो। चिसो छल्न बालेको घुरा (आगो) ताप्ने क्रममा शरीरको लुगामा आगो लागेपछि बाराको प्रसौनी गाउँपालिका–७ बलुवा टोलकी ७० वर्षीया सोनादेवी साहको मृ.त्यु भएको छ।

    बाराकै जितपुरसिमरा उपमहानगरपालिका–२३ स्थित मस्जिद टोलका ५५ वर्षीय स्माइलमेहा मन्सुलीको चिसोका कारण मृ,त्यु भएको छ । वडाध्यक्ष अस्लम देवानका अनुसार फुसको घरमा बस्दै आएका अति विपन्न मन्सुलीको सुतिरहेकै अवस्थामा मृ,त्यु भएको हो। यस्तै, जनकपुरधाम उपमहानगरपालिका–२३ की ४८ वर्षीया अनितादेवी कापडको पनि चिसोकै कारण मृ,त्यु भएको छ। पर्साको पर्सागढी नगरपालिका–४ का ७५ वर्षीय बिक्रम सहनी मलाह चिसोका कारण मृ,त्यु भएको छ।

    चिसोले सिकिस्त बिरामी परेको उनको वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचारका क्रममा मृ,त्यु भएको प्रहरीले जनाएको छ । विद्यालय बन्द अत्यधिक चिसो बढेपछि धनुषाका शैक्षिक संस्थाहरु बन्द गरिएका छन्। पुस १८ देखि सामुदायिक विद्यालयहरु बन्द राख्ने निर्णय भएको जिल्ला शिक्षा समन्वय समितिका प्रमुख बर्खुप्रसाद रजकले जानकारी दिए ।

    यस्तै, निजी विद्यालयहरु पनि तीन दिनका लागि बन्द गरिएको छ । प्याब्सन र एन प्याब्सनले संयुक्त विज्ञप्ती निकालेर पुस १४ देखि १६ गतेसम्म सम्पूर्ण निजी विद्यालय बन्द गरिएको जनाएको छ । घरपालुवा जनावरलाई पनि समस्या चिसोका कारण व्यक्तिको स्वास्थ्यसँगै घरपालुवा जनावरहरुलाई पनि समस्या भएको छ ।

    बालीहरु समेत नष्ट भइरहेको कृषि ज्ञान केन्द्र रौतहटका प्रमुख जितेन्द्र झाले बताए । उनले भने, ‘चिसोले मौरीहरुको अवस्था खराव भएको छ । बाहिर निस्कन नसक्ने भएकाले चरण गर्न अप्ठ्यारो भइरहेको छ ।’ यस्तै, गहुँ, तेलहन बाली, तरकारी खेतीमा चिसोले असर परेको पनि उनले बताए।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…