• काठमाडौँ । मौसमका बारेमा मानिसको स्वभाव नै हो, जाडो मौसममा ‘गर्मी नै ठीक’ भन्ने र गर्मी मौसममा ‘बरु जाडो नै ठीक’ भन्ने । मौसम परिवर्तन प्राकृतिक नियम हो । जस्तोसूकै मौसममा आफ्नो शरीरको ख्याल गर्नु र मौसमअनुसार सचेतता अपनाउनु नै बुद्धिमानी हुन्छ ।

    यतिबेला चिसो मौसम छ । तराईमा शीतलहरले जनजीवन प्रभावित पारिरहेको छ भने पहाडी क्षेत्रमा घट्दो तापक्रमले दैनिकी कष्टकर बनाइरहेको छ ।

    जाडोमा ब्लड प्रेसर बढ्ने खतरा
    चिकित्सकहरुका अनुसार गर्मीको तुलनामा जाडोमा ब्लड प्रेसर अचानक बढ्छ । ब्लड प्रेसर अचानक बढ्ने समस्याले नै हृदयाघात निम्त्याउने गर्दछ । परिणामस्वरुप केही दिनअघि तन्दूरुस्त देखिएको मानिसको अप्रत्यासित रुपमा निधन पनि हुन सक्छ ।

    २५ प्रतिशतसम्म जोखिम बढी
    एशियन इन्स्टिच्युट अफ मेडिकल साइन्स, भारतका चिकित्सक ऋषि गुप्ताका अनुसार डिसेम्बर र जनवरी महिनामा विश्वमै कार्डिएक चिकित्सकहरुले औसतभन्दा निकै बढी बिरामी हेर्नुपर्छ । यो दुई महिनामा मुटु फेल हुने समस्या २५/३० प्रतिशतसम्म बढ्ने उनी बताउँछन् ।

    चिकित्सकहरुका अनुसार मुटुसम्बन्धी रोगले पहिला नै सताइसकेका वृद्धवृद्धालाई जाडो मौसममा जोखिम बढ्ने गर्दछ । जाडो मौसममा शरीरलाई गर्मीको जरुरी हुन्छ । शरीरमा गर्मी उत्पन्न गराउन मुटुले बढी काम गर्नुपर्ने हुन्छ, जसले गर्दा हृदयाघातको खतरा हुने चिकित्सकहरुको भनाइ छ ।

    मधुमेहका बिरामीलाई पनि खतरा
    मधुमेहका बिरामीलाई पनि जाडो मौसममा थप चुनौती सामना गर्नुपर्ने हुन्छ । जाडोका कारण पानी कम पिउने, एक प्रकारले जाडोमा मानिसको जीवनशैली नै परिवर्तन हुने भएकाले शरीरमा सुगरको मात्रा बढ्ने चिकित्सकहरुको भनाइ छ । जाडोमा शारीरिक गतिविधि कम हुने, प्रदूषणको मात्रा बढ्ने र खानपिनमा पनि माछा–मासुको उपभोग बढ्ने भएका कारण मधुमेहका रोगीलाई समस्या हुन सक्ने चिकित्सकहरु बताउँछन् ।

    जोर्नी दुख्नु
    अर्थोपेडिक चिकित्सकहरुका अनुसार चिसो मौसममा जोर्नीसम्बन्धी समस्या पनि बढ्ने गर्दछ । शीतलहर तथा कुहिरोका कारण शरीरले पर्याप्तमात्रामा सूर्यको किरण नपाउनाले नै यस्ता समस्या जाडोमा बढी हुने गर्दछ । जाडोमा शरीरमा ‘भिटामिन डी’को कमी हुन नदिन विशेष सतर्कता अपनाउनु पर्ने चिकित्सकहरु बताउँछन् ।

    अन्य रोग
    जाडोमा देखा पर्ने अन्य शारीरिक समस्याहरुमा सिँगान बगिरहने, आँशु आइरहने, हाच्छ्युँ आइरहने, पखाला, रुघा जस्ता समस्या पनि हुन् । नियमित ‘मर्निङ वाक’ जाने गर्नु भएको छ भने जाडोको मौसममा सावधानी अपनाउन जरुरी हुन्छ । किनकि मर्निङ वाकबाट हुने फाइदाको तुलनामा जाडोको बेवास्ता गर्दा हुने बेफाइदा झन् बढी हानिकारक हुन सक्छ । यस्तो बेलामा तपाई घरमै बसेर व्यायाम गर्न सक्नुहुन्छ ।

    बाहिर निस्कनै पर्ने अवस्थामा टोपी, पञ्जा, मोजालगाएर शरीरको सबैजसो अङ्ग ढाकेर निस्कनुस्, ताकि शरीरको तापक्रम घट्न नपाओस् । धुम्रपान तथा मदिरा सेवन नगर्नुस् । मनतातो पानी पटक–पटक गरी ५–६ गिलास पिउने गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ ।

    जाडो मौसममा फलफुल तथा विभिन्न प्रकारका सुप खाएर पनि शरीरलाई ‘मेन्टन’ गर्न सकिन्छ । मह सेवनले पनि शरीरको तापक्रम बढाउन मद्दत गर्छ । कार्बोहाइड्रडको मात्रा कम भएको खानेकुरामा ध्यान दिनुपर्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…