• दीप खादी लिम्बु।
    क्वालालम्पुर,पौष-१४

    किरात राई यायाेक्खा मलेसियाकाे अायाेजनामा साकेला उधाैलि कार्यक्रम यहि अाईतबार भब्य समारोह बिच सम्पन्न भएकाे छ ।

    किरात राईहरूले अाफ्नाे महान चाडकाे रूपमा मनाउने गरेकाे साकेला, उभाैलि तथा उधाैलि कार्यक्रम मलेसियामा हरेक ६ महिनामा मलेसियाका बिभिन्न स्थानमा सम्पन्न हुने गरेकाे छ ।

    कार्यक्रममा संस्थाका अाजिवन सदस्यहरूलाई सदस्यता प्रमाणपत्र प्रदान गरियाे भने संस्थाका उपाध्यक्ष संजिव राईलाई विदाई पनि गरिएकाे छ। यश भन्दा अगाडि संस्थाका सल्लाहकार दीलिप राई 'सगर' काे पनि बिदाई कार्यक्रम सम्पन्न भई सकेको छ।

    कार्यक्रम तथा किरात राईहरूकाे संस्कार संस्कृतिकाे बारेमा बाेल्दै किरायाका बरिष्ट सल्लाहकार माेहन राईले रितिथिति, संस्कारले हामिलाई एक अापसमा मेलजुल भएर बस्न, परिअाएका बेला सरसहयाेग गर्न तथा एकापसमा बाधि राख्न मद्दत गर्ने बताए।

    कार्यक्रममा किराँती परिकार लगायत नाचगान पनि प्रस्तुत गरिएकाे थियाे ।भने विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको भब्य उपस्थिति समेत रहेको थियो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…