• बाहुण्डाँगी । काभ्रे जेसीजका कार्यकारीणी उपाध्यक्ष कृष्णकुमार मानन्धरको मृ,त्यु रहस्मय बन्दै गएको छ । गत शुक्रवारबाट हराइरहेका मानन्धर आइतवार साँझ मात्र महाधिवेशन स्थलबाट ५ सय मिटर दक्षिणमा रहेको इनारभित्र मृ,त अवस्थामा फेला परेका थिए । ३ दिनदेखि हराइरहेका मानन्धरको नजिकैको एउटा इनारमा मृ.त अवस्थामा भेटिएपछि उनको निधन रहस्मय बन्दै गएको हो ।

    पुष ९ गतेबाट चितवनको रत्ननगरमा भएको नेपाल जेसीजको राष्ट्रिय महाधिवेशनमा सहभागि हुन काभ्रेबाट आएका मानन्धर शुक्रवार दिउँसो १ बजेबाट सम्पर्क बिहिन भएका भएका थिए । त्यसै दिन २ बजेबाट जेसीजको मतदान भएकाले धेरैको ध्यान मतदानतिर भएकाले उनी सम्पर्कमा नरहेको ढिलो गरी मात्र थाहा पाइएको थियो । मतदानमा सहभागि नभएपछि खोजी गर्ने क्रममा उनको मोवाइल स्वीच अफ भइसकेको थियो । उनको खोजी गर्ने क्रममा स्थानीय एक महिलाले उनको आइडी कार्ड भेटिएको पत्ता लागेपछि त्यसैको सेरोफेरोमा खोज्ने क्रममा साँझ उनलाई इनारमा मृ,त अवस्थामा फेला पारिएको थियो ।

    कृषिको सिचाइका लागि निर्माण गरिएको उक्त इनारको २ सय मिटर वरपर मानिसहरुको बसोबास छैन । ढकनी सहिनतको इनारभित्र भएका मानन्धर पानीमा घोप्टो अवस्थामा थिए । इनारको ढकनी थोरै मात्रमा खुलेको थियो । साथै उनले लगाएको ज्याकेट इनारको छेउमा रहेको थियो भने उनले लगाएको घढी, गोल्डेन सिक्री, दुई वटा मोवाइल र केही पैसासहितको पर्स उनकै साथमा रहेको टाडी प्रहरी चौकीका डिएसपी भावेष रिमालले बताए । रिमालका अनुसार सौराहको होटल भिष्टाको कोठाको चावी समेत उनीसँगै थियो ।

    दुई दिनदेखिको पानीमा रहेका मृ,तक मानन्धरको शरीर सुन्निएको थियो । आइतवार राती भएका कारण र परिवार समेत काभ्रेबाट आउनु पर्ने भएकाले उनको श,वलाई सोमवार मात्र बाहिर निकालिएको थियो । उनको लास निकाल्नका लागि इ्नारका ४ वटा रिङग फुटाउनु परेको थियो । उनको परिवार आएपछि पोष्ट मार्टमका लागि काठमाडौँ लगिएको प्रहरीले जनाएको छ । के कति कारणले उनको नि,धन भयो भन्ने अनुसन्धान भइरहेको डिएसपी रिमालले बताए । उनले पोष्ट मार्टमको रिर्पाेट आएपछि के कारणले नि,धन भएको हो भन्ने थाहा पाइने बताए ।

    मानन्धर हराएका दिन निर्वाचन भएकाले त्यहाँ सहभागि करिब ३ हजार जेसीजहरुको ध्यान निर्वाचनमा भएकाले पनि उनको खोजी कमी भएको थियो । राती दुई बजेसम्म निर्वाचनका विभिन्न पक्रिया गरिसकेर बिहान सबै काम सकिएपछि सहभागिहरु धमाधम घरतर्फ लागे तर, मानन्धर नभेटिएपछि काभ्रे जेसीजको टोली चितवन जिल्लामा उनको खोजीमा लाग्यो । नेपाल जेसीजका लागि अध्यक्षका उम्मेदवार विकास मानन्धरसहिनतको टोलीले दिनभर खोजी गर्यो । विभिन्न मिडिया मार्फत सार्वजनिक गरियो । विभिन्न जिल्लाका प्रहरीलाई ख,बर गरियो । सिमाका प्रहरीलाई जानकारी गराइएको थियो । तर, उनको कुनै सम्पर्क हुन सकेन ।

    अन्ततः उनी मृ,त अवस्थामा फेला परे । यसले काभ्रे जेसीजलाई मात्र होइन सिंगो नेपाल जेसीज परिवारलाई ठूलो चोट परेको छ । महाधिवेशनमा सहभागि हुन आएका व्यक्तिको यो निधनले यतिबेला धेरैको मनमा कौतुहलता भएको छ । उनको के कती कारणले नि,धन भएको हो भन्ने कुरा सत्यतथ्य बाहिर ल्याउनका लागि परिवार र विभिन्न जेसीजकर्मीहरुले प्रहरीलाई आग्रह गरिरहेका छन् । निर्वाचन भइपछिको अवस्था भए पनि फरक हुन सक्थ्यो तर, निर्वाचन अघि नै मानन्धर हराउनले उनको आत्माहत्या नभएर हत्या हुन सक्ने परिवारले आशंका गरेका छन् ।

    सन २०१४ देखि काभ्रे जेसीजमा प्रवेश गरेका मानन्धर विभिन्न जिम्मेवारी सम्हाल्दै २०१९ मा कार्यकारीणी उपाध्यक्ष पदमा रहेर काम गरेका थिए । राष्ट्रिय अध्यक्षका उम्मेदवार आफ्नो शाखाबाट भएकाले उनी आफ्नो अध्यक्षलाई जिताउन अहोरात्र लागि परेको थिए । त्यसदिन पनि सचिवालयमा दिनभर खाजा पानीको व्यवस्थापनमा रहेका उनका साथीहरुले बताएका छन् ।

    बिवाहित मानन्धरका एक श्रीमति र ढेड वर्षकी एक छोरी रहेका छन् । उनी काभ्रेका सफल व्यवसायीका रुपमा समेत परिचित थिए । उनको मृ,त शरीरलाई अहिले साँझ ६ बजे काठमाडौँ पुरयाइएको छ । उनको मंगलवार मात्र पोष्ट मार्टम गरिने पारिवारिक स्रोतले बताएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…