• केशवराज पौडेल

    काठमाडौं, । पश्चिमी न्यून चापिय प्रणाली पूर्व सर्ने क्रममा मंगलबारसम्म नेपाल आइपुग्ने भएको छ । यतीबेला जम्मु काश्मिरमाथि रहेको पश्चिमी न्यून चापीय प्रणाली पूर्व सर्ने क्रममा सोमबार रातीसम्ममा नेपाल प्रवेश गर्ने सम्भावना रहेको जल तथा मौसम विभागले जनाएको छ ।

    आज रातीसम्ममा नेपाल प्रवेश गरेसँगै त्यसको असर सुरु हुनेछ । सो प्रणालीका कारण मंगलबार नेपालका पश्चिमी उच्च पहाडी र हिमाली भू–भागमा हल्का हिमपात हुने सम्भावना छ । यो प्रणाली बुधबार साँझसम्ममा अझै सशक्त भई देशका मध्य र पूर्वका उच्च पहाडी र हिमाली भू–भागमा समेत मध्यम देखी भारी हिमपातको सम्भावना रहेको विभागको अनुमान रहेको छ। ।

    सो प्रणालीका कारण बुधबार र बिहीबार देशैभरी बदली भई तापक्रममा गिरावट आई देशैभरी चिसो बढ्ने देखिन्छ । बुधबार र बिहीबार देशका पश्चिमी भू–भागका धेरै स्थानहरूमा र मध्य र पूर्वी भू–भागका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना समेत रहेको विभागले जनाएको छ ।

    सो प्रणालीको कारणले शुक्रबार समेत बर्षा र हिमपात गराउने सम्भावना रहेको छ । उच्च पहाडी र हिमाली भू–भागमा मध्यम देखि भारी हिमपात हुन सक्ने र पहाडी भेगमा हल्कादेखि मध्यम वर्षा हुने र साथसाथै तापक्रममा गिरावट पनि हुने सम्भावना रहेको हुनाले हिमपात र चिसोबाट बच्न सतर्कता अपनाउन हुन सर्वसाधारण लगायत सबैमा विभागले अनुरोध समेत गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…