आजकल विशेष गरी चावहिल देखि कलंकी आसपासका क्षेत्रमा लाइन जान्छ किन होला भन्ने आश्चर्य लागेको हुन सक्छ ।
यसको मुख्य कारण लाइन गएको होइन रहेछ । कुरा के रहेछ भने अहिले कलंकी कोटेश्वरको चक्रपथ विस्तारको काम भै रहेको छ ।
त्यसैले सडक छेउमा रहेका रुखहरु ढालिदै छ सोही कारणले गर्दा रुख काट्ने ठाउँको लाइन काटिने भएकोले यस्तो समस्या देखिएको हो ।
यसबाहेक ट्रान्सफर्मर फेर्नका लागि पनि यसरी नै लाइन जाने गर्छ । जे होस लोडसेडिङ युग आएको होइन । तर मन झसंग हुन छोड्दैन ।