• काठमाण्डौ । ललितपुर जावलाखेलको सदर चिडियाखाना, नेपालकै सबैभन्दा ठूलो चिडियाखाना । जहाँ दैनिक सयौंै पर्यटकले अवलोकन गर्दै आएका छन् । चिडियाखाना हाल राष्ट्रिय प्रकृति संरक्षण कोषको रेखदेखमा छ । चिडियाखानाको व्यवस्थापनको पाटोमा पछिल्लो समय केही सुधार देखिएको छ । तर अवलोकनकर्ता अझै सन्तुष्ट हुन सकेका छैनन् ।

    विक्रम संवत् १९८९ मा तत्कालिन प्रधानमन्त्री जुद्धशमशेरले निजि चिडियाखानाको रुपमा स्थापना गराएका थिए । पछि सरकारले आफ्नो स्वामित्वमा लिएर सर्वसाधारणको लागि खुल्ला गरिएको यस चिडियाखानाको दैनिक सयौंै पर्यटकले अवलोकन गर्दै आएका छन् । चिडियाखानालाई सरकारले आफ्नो स्वामित्वमा लिएपछि राष्ट्रिय प्रकृति संरक्षण कोषलाई रेखदेख गर्न दिइएको सोमबार २४ बर्ष पुगेको छ ।

    सोही अवसरमा बन तथा बाताबरण मन्त्री एवम् राष्ट्रिय प्रकृति कोषका अध्यक्ष शक्ति बहादुर बस्नेतको प्रमुख आतिथ्यमा कोषले आफ्नो बार्षिकोत्सब मनायो । बार्षिकोत्सब कार्यक्रममा चिडियाखानाको विकास र प्रर्बदनको लागि बन मन्त्रालय पूर्ण साथ र सहयोग गर्ने मन्त्री बस्नेतले प्रतिबद्धता जनाएका छन् ।

    https://youtu.be/y8rJqJd3Des

    चिडियाखानाको अवलोकन गर्न दैनिक सयौं सर्बसाधारण आउने गर्छन् । विगतको तुलनामा पछिलो समय चिडियाखाना केही व्यवस्थित र सफा भएको सर्वसाधारणको अनुभव छ । जनावरको संख्यामा भने कमी आएको केही अवलोकर्ता बताउछन् । राष्ट्रिय चरा डाँफे, चित्तल, सर्पका प्रजातिहरु भने कम देखिएको अवलोकनकर्ताको गुनासो छ ।

    सर्वसाधारणमा भएका यिनै गुनासो लाई हामीले चिडियाखानाका आयोजक व्यवस्थापक डा इश्वरीप्रसाद पोखरेलाई राख्यौ । उनले आउँदा दिनमा ती गुनासा संबोधन गर्दै सुधार गर्ने पक्षमा ध्यान दिने आश्वासन दिएका छन् ।

    ६ हेक्टरमा फैलिएको सदरचिडियाखानामा १ सय १२ प्रजातिका जीबजन्तु तथा चराचुरुङीहरु छन् । राष्ट्रिय प्रकृति संरक्षण कोषको मातहत रहेर २४ आंै बार्षिकोत्सब मनाउदा चिडियाखानाले आगामी दिनमा अनलाइन टिकट काट्ने व्यवस्थालगायतका भाबी योजना पेस गरेको छ । यस योजनालाई छिटो कार्यान्वायन गर्न सके भिजिट नेपाल ट्वान्टी ट्वान्टीको लागि पर्यटकहरुलाई अझ आर्कषित गर्न सकिनेछ ।

    https://youtu.be/kwri3DXBC-s

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…