• काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् वीपी विचार राष्ट्रिय समाजका सभापति कुलबहादुर गुरुङ (केबी)ले नेपालको राजनीतिक परिवर्तनमा धेरै कांगे्रस नेता तथा कार्यकर्ताहरूले बलिदान दिएपनि उनीहरूको योगदानको पार्टी नेतृत्वले कदर गर्न नसकेको आरोप लगाएका छन् ।

    ‘नेपालका वीर प्रजातान्त्रिक योद्धा’नामक ग्रन्थको विमोचन कार्यक्रमको बारेमा जानकारी दिन सोमबार काठमाडौंमा आयोजना गरिएको पत्रकार सम्मेलनमा नेता गुरुङले पार्टीभित्र मौलाउँदै गएको गुटउपगुटको राजनीतिले कांग्रेसको अस्तित्वनै धरापमा पर्दै गएको बताए ।

    नेपाली कांग्रेसका पूर्वमहामन्त्री समेत रहेका गुरुङले वीपीको विचार आत्मसाथ गर्न नसक्दा पार्टी निरन्तर कमजोर बन्दै गएको बताए ।

    पुस १६ गते बुधवार ४४औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसर पारेर पुस्तकको विमोचन गर्न लागिएको छ ।

    कांग्रेसमा लागेर धेरै नेता तथा कार्यकर्ताहरूले आफ्नो बलिदान दिएको बताएका नेता गुरुङले उनीहरूको बलिदानको सम्झनास्वरुप वीपी विचार राष्ट्रिय समाजले पुस्तक प्रकाशन गर्न लागेको बताए ।

    पार्टीभित्र शेरबहादुर देउवा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला लगायतका नेताहरूको गुट हावी हुँदा कांग्रेसको इतिहासनै धरापमा पर्ने सम्भावना बढेको गुरुङले आरोप लगाएका छन् ।

    पञ्चायती व्यवस्थामा तत्कालीन सरकारले हत्या गरेका ९ जना वीर योद्धा तथा नेपाली कांगे्रसका जिउँदा शहीदको उपमा पाएका नेता गुरुङका बारेमा पनि पुस्तकमा चर्चा गरिएको छ ।

    पुस्तकमा रामनारायण मिश्र, योगेन्द्रमान शेरचन, दिवान सिंह राई, सरोज कोइराला, जगतप्रकाशजंग शाह, तेजबहादुर अमात्य, लालध्वज गुरुङ, बुद्धसिंह राना, दुर्गानन्द झाको बारेमा सामाग्री तयार पारिएको समाजका सहसभापति एवम् नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले जानकारी दिए ।

    कार्यक्रममा नेता जोशीले पार्टीभित्र विचार र सिद्धान्तको राजनीतिभन्दा पदको राजनीति हावी हुँदा कांग्रेस धराशायी भएको बताए ।

    पार्टी नेतृत्वले वीपी कोइरालाले अवलम्वन गरेको सिद्धान्तलाई छोडेकोले कांगे्रस सदाको लागि सत्ता बाहिर पुग्ने सम्भावना बढ्दै गएको नेता जोशीले उल्लेख गरेका छन् ।

    पार्टीभित्र योगदान गर्ने हजारौँ नेता तथा कार्यकर्तालाई नेतृत्वले बेवास्ता गरेको जोशीको भनाइ छ ।

    वीपी विचार राष्ट्रिय समाजले ‘नेपालका वीर प्रजातान्त्रिक योद्धा’नामक पुस्तकको विमोचन कार्यक्रममा नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवलाई आमन्त्रण गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…