• काठमाडौं, १५ पुस । प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारीनिवास बालुवाटारमा एउटा टेप सुनाइएपछि बोल्ड निर्णय तत्कालिन सुदूरपश्चिम प्रदेशका तत्कालिन सामाजिक विकासमन्त्री दिर्घ सोडारीलाई बर्खास्त गर्ने !

    सोडारीले पदीय आचरण विपरितका गतिविधि गरेको भन्दै उनलाई हटाइएको कारण सुनाइयो । तर, सोडारीले एक जना पार्टीकी महिलासँग सम्बन्ध कायम राखेको र धोका दिएको खबर बालुवाटारमा पुगेपछि उनको पद खुस्किएको थियो ।

    यति मात्र होइन, पद खुस्किएपछि सोडारीकी पत्नी गीता सोडारीले ति महिलालाई फोन गरी अचाक्ली गाली गरेकी थिइन् । यतिमात्र होइन सोडारीले बारम्बार ति महिलासँग अवैध सम्बन्ध समेत कायम राख्नका लागि बाध्य बनाएका थिए ।

    पीडितका अनुसार बाध्यताबस सोडारीसँग सम्बन्ध राखिएको थियो । अति भएपछि यो विषय पार्टीमा सुनाउन बाध्य भएको उनले बताइन् । पदमा रहे र परस्त्रीका लागि मरिहत्ते गर्ने सोडारीमात्र थिएनन् ।

    पूर्वसभामुख कृष्णबहादुर महरा काण्डले चर्चा पायो । महराले वर्षौंदेखि रोशनी शाहीसँग सम्बन्ध राखेको विषय खुलासा भयो । मिडियामा आएरै शाहीले उक्त विषयको खुलासा गरेपछि महरा अहिले जेलमा छन् ।

    उनको विशिष्ट पद मात्र खोसिएन, जीवनभर कमाएको राजनीतिक छवि पनि ध्वस्त भयो । अहिले डिल्लीबजार जेलमा लुडो, क्याराम र चेस खेलेर बस्छन् उनी । निस्कनका लागि हालै मात्र उच्च अदालतमा निवेदन दिएका थिए, अदालतले निवेदन खारेज गरी जिल्ला अदालतको आदेशलाई नै सदर गर्यो ।

    यसरी परस्त्रीसँग सम्बन्ध गाँस्ने जनप्रतिनिधिहरु धेरैको बिचल्ली भएको छ । कतिपय वडाध्यक्षहरु त रंगेहात पक्राउ गरिएका छन् ।

    सम्बन्ध राख्नुपर्ने, पदको दुरुपयोग गर्नुपर्ने प्रवित्तिको उपज हो, उच्च स्रोतले भन्यो, यस्ता सम्बन्ध कायम राख्ने कति छन् कति । यति मात्र होइन हालै मात्र कञ्चनपुर सदरमुकाम महेन्द्रनगरमा कांग्रेसबाट विजयी मेयर युवतीसहित डान्स बारबाट पक्राउ गरी छाडिए ।

    मस्तसँग युवतीसँग लेपासिएर उनी बसेको अवस्थामा फेला परेका थिए । महेन्द्रनगर बजारमा रहेको ब्लू डान्सबारबाट दार्चुलाको शैल्यशिखर नगरपालिकाका मेयर अमरसिंह धामीलाई पक्राउ गरिएको थियो ।

    जनप्रतिनिधिको दायरा र सीमा थाहा नपाएर पदको दुरुपयोग गर्ने, आफ्ना क्षेत्रमा रहेका महिलालाई विविध आश्वासन दिएर शोषण गर्ने चलन राजनीतिमा नयाँ होइन, उच्च स्रोतले भन्यो, उपल्लो तहका नेताका यस्ता नाजायज सम्बन्ध धेरैसँग रहेको पाइएको छ, जनप्रहारमा उल्लेख छ ।

    कतिपयले वैधानिकता दिएका छन्, कतिपयले लुकीछिपी गरेका छन् । फिल्मर्की, रंगकर्मी तथा आमसाधारणबीच रहने यस्ता डबल अफेयर, एस्क्स्ट्रा म्यारिटल अफेयरमा अहिलेका धेरै बाहलवाला सांसद मन्त्री मुछिने बताइन्छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…