• मेलाको नाममा दैनिक जुवाजन्य खेल संचालन : स्थानीय प्रहरी प्रशासन रोक्न असफल

    इनरुवा, १५ पुस । सुनसरी सदरमुकाम इनरुवाको एक मेलामा संस्थागत रुपमा संचालन दैनिक जुवा खेल भैरहँदा पनि स्थानीय प्रसाशनले यसलाई रोक्न सेकेको छैन ।

    सदरमुकाम इनरुवा ३ स्थित महेन्द्रचौकको मेलामा दैनिक जुवा खेल संचालन हुँदै आएको छ । यसरी संस्थागत रुपमा जुवा संचालन हुँदा समेत प्रहरी र स्थानीय प्रशासनले जुवा संचालन रोक्न सकेको छैन ।

    जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी उपरिक्षक यज्ञबिनोद पोखरेलले जुवा संचालन हुन नदिने बताए पनि उनको यो भनाई औपचारिकतामा मात्रै सीमित भएको छ ।

    जुवा संचालकहरुले केही संचारकर्मी, प्रहरी, प्रशासन सबैसँग सेटिङ मिलाएर जुवाजन्य खेल संचालन गरेको दाबीका साथ जुवा खेलाउने गरेका छन् ।

    पूर्ण रुपमा कानुनबाट निषेध गरिएको यो खेलमा प्रहरी, प्रशासनले चासो नदिएकाले झन् बढ्दै गैरहेको स्थानीय नागरिकहरुको गुनासो छ ।

    यता इनरुवाको महेन्द्र चौकमा लागेको मेलामा जुवाजन्य खेल भैरहेको बिषयमा संचारकर्मीले सुनसरीका प्रमुख जिल्ला अधिकारी राजेश पौडेलसँग प्रतिक्रिया लिदाँ उनले मैले मेलामा भैरहेको जुवाजन्य खेल बन्द गराउन जिल्ला प्रहरी कार्यालय सुनसरीका एसपीसँग कुरा गरेको बताए ।

    यता सुनसरीका एसपी पोखरेललाई यस बिषयमा संचारकर्मीले जानकारी गराउँदा उनले कहाँ र कुन प्रहरीको अगाडी जुवाजन्य खेल भैरहेको छ, भिडियो र फोटो लिएर आए तत्काल कार्वाही गर्न आफू तयार रहेको बताउदै संचालन भैरहेको जुवा खेल रोक्नबाट पन्छिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…