• काठमाडौं । अंग्रेजी नयाँ वर्षसँगै नेपाल भ्रमण वर्ष–२०२० आजबाट सुरु भएको छ । काठमाडौंको दशरथ रंगशालामा राष्ट्रपति विद्यादेवी भण्डारीले आज दिउँसो भ्रमण वर्षको औपचारिक शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

    सोही समयमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूले पनि भ्रमण वर्षको शुभारम्भ गर्ने छन् । राष्ट्रपतिबाट भ्रमण वर्षको औपचारिक शुभारम्भ भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष सम्बोधन र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले स्वागत मन्तव्य गर्ने छन् ।

    २० लाख बाह्य पर्यटक भित्याउने महत्वकांक्षी लक्ष्यसहित शुरू भएको यो अभियानको शुभारम्भ कार्यक्रममा सहभागी हुन विभिन्न मुलुकका पर्यटनमन्त्री तथा अन्य प्रतिनिधिहरू काठमाडौं पुगिसकेका छन् ।

    सरकारले आज सबै नेपालीलाई घर–घरमा दिपावली गरेर भ्रमण वर्षको शुभारम्भ गर्न तथा सरकारी कार्यालयहरूमा दुई दिनसम्म दिपावली गर्न आह्वान गरेको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…