• रातोकलम अनलाइन।

    पुष-१६,क्वालालम्पुर!

    मलेसिया-नेपाल तामाङ घेदुङ मलेसिया क्षेत्रिया समिति पेनाङ्गले पनि पहिलो एेतिहासिक अधिबेशन पश्चात मञ्जुश्री संम्वत २८५६ औं (नाम्युङ/जिवा) जिवा ल्हो (मुसा वर्ग) को पावन अबसरमा सोनाम ल्होछार बिशेष साँस्कृतिक कार्यक्रमको अयोजना गर्ने भएको छ ।आगामी २०२० जनवरी २६ तारिखको दिन पेनाङ्ग स्थित de garden होटेलमा बृहत् रुपमा मनाउने तय गरिएको छ।

    “विश्वा भरि छरिएर बसेका सम्पूर्ण तामाङ हरु एक हौ, ताम्सालिङ प्रप्तीको लागि एक जुट हौ” भन्ने मुल नारा लाई आत्मा साथ गर्दै सन् २००५ स्थापना भएको तामाङ घेदुङ मलेसिया र तत्कालीन तामाङ समाज मलेसियाको गता जुन २१ मा एकीकृत भए पश्चात् तामाङ जातिको महान राष्ट्रिय पर्व सोनाम ल्होछार बिशेष साँस्कृतिक कार्यक्रमहरु आयोजना गर्ना लागिएको हो।

    नेपाल तामाङ घेदुङ मलेसिया को केन्द्रीय अध्यक्ष राजेन्द्र वाइबा को प्रमुख अतिथीत्वमा हुन लागेको उक्त कार्यक्रममा लोपोन उर्गेन दोर्जे लामा ज्यु द्वार मोलाम साथै स्थानीय कलाकार स्थानीय कलाकार हरु क्रीन्जाल योन्जान तामाङ ,मिस्टेक लामा ( तामाङ ),निशा राहु, बाबु बिबस,अमीर लोप्चान तामाङ ,सबिना लोप्चान,रुपा तामाङ ,बिशाल तामाङ ,बशन्ती घिमिरे तथा आयोजक कलाकारहरु जिवान तामाङ, सानू तामाङ,अनिल तामाङ,कुलेदोङ्ग तामाङ, जन्बी तामाङ्ग,बिजय लामा,सुनैना लोप्चानको बीजोड प्रस्तुति हुने भनेर नेपाल तामाङ घेदुङ क्षेत्रीय समिति पेनाङ्गको अध्यक्ष राम काजी घ्लान तामाङ ज्युले तेमाल खबर लाई जनाकारी दिनुभयो। उक्त कार्यक्रमको SRED(sun red entrepreneur development)ले प्रायोजन गर्ने भएको छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…