• काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्वाचनमार्फत प्रकट जनचाहनालाई शिरमा राख्दै जनताका अपेक्षालाई कुनै पनि हालतमा विफल हुन नदिने सङ्कल्प गरेको स्पष्ट पार्नुभएको छ ।

    प्रधानमन्त्री ओलीले नयाँ वर्ष सन् २०२० को उपलक्ष्यमा आज सन्देश दिनुहुँदै राष्ट्रिय समृद्धितर्फका पाइला आउँदा दिनमा अझ दृढतापूर्वक उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । उहाँले सन्देशमा भन्नुभएको छ, “अर्काे नयाँ वर्षको सङ्घारमा पुग्दासम्म विकास र समृद्धिका लागि हामीले बसालेको जग देखिने गरी उचाइमा उठ्ने छ ।

    जनताको जीवन सुखी र राष्ट्रको अवस्था समृद्ध बनाउने हाम्रो अभियान सार्थक बिन्दुमा पुग्ने छ ।” उहाँले स्वदेश तथा विदेशमा रहनुभएका नेपालीमा हार्दिक शुभकामना व्यक्त गर्दै भन्नुभएको छ, “समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकाङ्क्षा पूरा गर्न हाम्रा कदम थप अघि बढेका छन् । राजनीतिक सङ्घर्ष र व्यवस्थापनको बहसबाट सिङ्गै समाज विकास र समृद्धिको बहसतर्फ केन्द्रित भएको छ ।”

    उहाँले तमु (गुरुङ) समुदायको नयाँ वर्ष तथा प्रमुख चाड तमु ल्होसारका अवसरमा पनि शुभकामना व्यक्त गर्नुभएको छ । उहाँले तमु ल्होसार पर्वले तमु समुदायलगायत सम्पूर्ण नेपालीका बीचमा हार्दिकता, धार्मिक सहिष्णुता र सम्मान कायम गर्दै राष्ट्रिय एकता प्रवद्र्धन गर्ने अपेक्षा गर्नुभएको छ ।
    (गोरखापत्र दैनिकबाट)

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…