• पुस १६, २०७६

    काठमाडौं : सांसदहरुले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपालाई तत्काल वार्तामा ल्याएर मूलधारमा फर्काउन माग गरेका छन्।

    बुधबार बसेको राष्ट्रिय सभाको बैठकमा विशेष समय लिएर बोल्दै सांसद अनिता देवकोटाले विप्लव समूहलाई आगोको सानो झिल्को ठान्ने गल्ती नगर्न सरकारलाई सचेत गराएकी छन्।

    ‘भूमिगत अवस्थामा विद्रोह गरिरहेको विप्लवलाई सानो झिल्का नठानियोस्, नत्र देशमा डढेलो लाग्न सक्छ’, उनले भनिन्, ‘विद्रोहमा रहेको नेकपा विप्लव समूहलाई सानो झिल्को नठानी वार्तामा ल्याइयोस र समाधान गरियोस।

    ’ सांसद देवकोटाले सरकारको नेतृत्वमा रहेकाहरु र विप्लव समूह कुनै बेला एकै ठाउँमा रहेकाले समस्या समाधानमा अफ्ठेरो नहुने उल्लेख गरिन्।

    ‘अहिले सरकारको नेतृत्व गर्ने र विप्लव समूह सजातीय भएकाले एकलाई अर्काको कमजोरी थाहा छ’, उनले भनिन्, ‘दैलेखका गाउँपालिका अध्यक्षलाई १८ घण्टापछि कालिकोटबाट मुक्त गराइयो। एनसेलका टावर जलिरहेका छन्, यसले राम्रो संकेत गर्दैन।

    ’ सांसद देवकोटाले विप्लव समूहलाई वार्तामा ल्याइ यो समस्या समाधान गर्न नसकेमा देशमा अर्को द्वन्द्व चकिर्नेतर्फ सरकारलाई सचेत गराइन्।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…