•  

    तेह्रथुम, १६ पुस । पाँचथरका युवाहरुले पाँचथरको चिवा भञ्जाङबाट बैतडीको झुलाघाट सम्म भ्रमण वर्ष २०२० लाई सफल बनाउन मोटरसाइकलमा नेपाल यात्रा सुरु गरेका छन् । भ्रमण वर्ष २०२० को पहिलो दिन पाँचथरको चिवा भञ्जाङबाट यात्रा शुरु भएर आठराई संक्रान्तिबजार हुँदै नेपाल यात्राको टोली तेह्रथुम पुगेको छ । भ्रमण टोलीलाई आठराई संक्रान्तिबजारका युवाहरूले स्वागत गरेका छन् । मोटरसाइकलमा नेपालको भण्डा र भ्रमण बर्षको लोगो र प्रचार सामाग्री सहित यात्रा सुरु गरिएको यात्रा टोलीले बताएका छन् ।



    बुधबार फिदिममा पत्रकार सम्मेलन मार्फत यात्राको जानकारी गराइएको थियो । पाँचथरको चिवा भञ्जाङबाट बैतडीको झुलाघाट सम्म १ हजार ७ सय ७६ किलोमिटर दुरि रहेको छ । मध्यपहाडि लोकमार्गले मध्यपहाडका २४ वटा जिल्लाहरुलाई छुन्छ । ६ वटा मोटरसाइकलमा ११ जनाले यात्रा सुरू गरिएको नेपाल यात्रामा सहभागी हर्क बहादुर नेम्बाङले जानकारी दिनुभयो ।

    एक महिना लामो नेपाल यात्रा मध्यपहाडी लोकमार्गको उद्गम स्थल पाँचथरको चिवा भञ्जाङबाट सुरु भई बैतडीको झुलाघाट सम्म पुगेर सम्पन्न हुने नेम्बाङले बताउनुभयो । यात्रामा बिभिन्न पेशामा आबद्ध रहेका युवाहरुको सहभागीता रहेको छ । युवानेता, पत्रकार र बिभिन्न पेशामा आबद्ध रहेका ११ जना युवाहरुले मध्यपहाडी यात्रा सुरु गरेका हुन् ।



    भ्रमण वर्षलाइ सफल पार्न मध्यपहाडी जिल्लाको प्रचार गर्न पनि यात्रा गरिएको यात्रा टोली बताएको छ । यात्रामा प्रदेश नम्बर एक घुम्न आउन निम्तो समेत बाढ्नको लागी यात्रा गरिएको नेम्बाङले बताउनु भयो।
    मध्यपहाडी लोकमार्ग निर्माण भए पछि मध्यपहाडी जिल्लामा ल्याएको सामाजिक,आर्थिक परिर्वत बुझन पनि यो यात्रा गरिएको यात्रामा सहभागी पत्रकार गिरिराज बाँस्कोटाले बताउनु भयो ।

    मध्यपहाडी जिल्लाहरुमा गुमनाममा रहेका पर्यटकिय स्थलहरुको पहिचान गरि पर्यटन प्रबद्धन गर्न पनि यो यात्राले सहयोग गर्ने बास्कोटाले बताउनुभएको छ । सम्रगमा भ्रमण वर्षलाइ सफल बनाउन यो यात्रा महत्वपूर्ण हुने अपेक्षा यात्रा टोललीले लिएको छ ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…