• काठमाडौं । केही दिनअघि भित्रिएको पश्चिमी न्यून चापीय प्रणालीले आज (बिहीबार) देशैभरको मौसममा ठूलै प्रभाव पार्ने भएको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार यो प्रणालीका कारण आज मुलुकका उच्च पहाडी तथा हिमाली भेगमा मध्यमसम्म हिमपात हुनेछ भने पश्चिम र मध्य क्षेत्रका केही स्थानमा मध्यमसम्म वर्षा हुने सम्भावना छ।

    यसैगरी पूर्वका समेत एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    महाशाखाले बिहीबार बिहान आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श जारी गर्दै भनेको छ : मौसम बदलीसँगै वर्षा/हिमपातको सम्भावना रहेको र चिसो रहिरहने हुनाले सतर्कता अपनाउन अनुरोध छ।

    मौसमविद् राजु प्रधानांगले यो पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव शनिबारसम्म रहने जानकारी दिए। आइतबारदेखि मात्र यसको प्रभावक कम हुने उनको अनुमान छ।

    यस्तो छ मौसम पूर्वानुमान महाशाखाले गरेको आगामी तीन दिनसम्मको अनुमान :

    पुस १७ गते बिहिबार

    दिउँसो : देशभर सामान्य बदली रहि उच्च पहाडी तथा हिमाली भूभागका अधिकांश स्थानमा हल्कादेखि मध्यम हिमपात र पश्चिम तथा मध्यका केही स्थानमा हल्कादेखि मध्यम वर्षा तथा पूर्वका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना छ।
    राति : देशभर सामान्य बदली रही केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना देखिन्छ। उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपातको सम्भावना देखिन्छ।

    पुस १८ गते शुक्रबार

    दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    पुस १९ गते शनिबार

    दिउँसो : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा हल्कादेखि मध्यम हिमपात र पहाडी तथा तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

    राति : देशभर सामान्य बदली रही उच्च पहाडी तथा हिमाली भूभागमा मध्यमदेखि भारी हिमपात र पहाडी तथा तराईका थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…