• उर्लाबारी। मोरङको उर्लाबारीमा एक करोड लगानीमा सुविधासहितको ड्रिम्स होटल सञ्चालनमा आउने भएको छ । आज ड्रिम्स होटल प्रालिले पत्रकार सम्मेलन गरी पौष १८ गतेदेखि होटल सञ्चालनमा आउने जानकारी गराइएको हो ।

    उर्लाबारीका पूर्ण सिंगक लिम्बू, उदयचन्द श्रेष्ठ, टिका राजभण्डारी, बोधराज श्रेष्ठ र पदम राईको संयुक्त लगानीमा उक्त होटल सञ्चालनमा ल्याउन लागिएको छ । पारिवारीक वातावरण रम्न चाहनेहरुलाई लक्षित गरी होटल सञ्चालनमा ल्याउने होटलका अध्यक्ष पूर्णसिंगक लिम्बूले जानकारी दिनुभयो । उक्त होटलमा च्याउका परिकारहरु ग्राहकहरुले चाख्न पाउने छन् ।

    होटलमा हाललाई डिलक्स र स्विट गरी ११ वटा कोठामात्र सञ्चालन गरिएको उहाँले बताउनुभयो । ‘आन्तरिक तथा बाह्य पर्यटकहरुको आगमन बढ्दै गएको छ ,’ अध्यक्ष लिम्बूले भन्नुभयो ‘यसै कुरालाई मध्यनजर गर्दै हामीले अत्याधुनिक सुविधासहितको होटल सञ्चालनमा ल्याउन लागेका हौं ।’ होटलका म्यानेजर निरज श्रेष्ठले सर्भिस, फुड स्टान्डर र फुड सेफ्टी नै आफुहरुको पहिलो प्राथमिकता रहेको बताउनुभयो ।

    उहाँका अनुसार होटलमा पूर्वमा कतै नभएको स्वाद ड्रिम्स होटलमा पाउने दाबी गर्नुभयो । सो होटलमा अन्र्तराष्ट्रियस्तरको सेवासुबिधा रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । होटलमा १४ जना कर्मचारी रहेका छन् भने ७० देखी ८० जनासम्म अट्ने सेमिनार हल पनि रहेको छ । बालबालिकाहरुलाई मध्यनजर गर्दै चाँडै नै किड्स एरिया पनि बनाउने योजना रहेको अध्यक्ष लिम्बुले बताउनुभयो ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…