काठमाडौँ । नेपाल आयल निगमले २०७६ पुस १६ राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोलियम पदार्थको मूल्यमा समायोजन गरेको जनाएकाे छ ।
पेट्रोलियम पदार्थको स्वचालित मूल्य प्रणाली कार्यान्वयन कार्यविधि २०७१ अनुसार निगमले साबिकको पेट्रोल, डिजल र मट्टीतेलको खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपयाँले वृद्धि गरी मूल्य समायोजन जानकारी दिएकाे हाे ।
निगमका अनुसार पुस १६ प्राप्त पेट्रोलियम पदार्थको नयाँ अन्तर्राष्ट्रिय बजार मूल्यबमोजिमको खरिद मूल्य केही बढेर आएको हुनाले बढाउनु परेकाे जनाएकाे छ । हवाई इन्धन र एलपी ग्यासको खुद्रा बिक्री मूल्यलाई भने यथावत् राखिएकाे छ ।