• ताइवानमा सैनिक हेलिकप्टर दु र्घटना हुँदा प्रधान सेनापतिसहित आठ जनाको मृ त्यु भएको छ।

    ताइवानी रक्षा मन्त्रालयका अनुसार वायु सेनाका प्रमुखसमेत रहेका प्रधान सेनापति सेन यी मिङसहित १३ जना चढेको ब्ल्याक हक हेलिकप्टर बिहीबार बिहान उत्तरी ताइवानको पहाडमा दु र्घटना भएको थियो।

    प्रधान सेनापति मिङ उत्तरपूर्वी क्षेत्रमा रहेका सैनिकहरूलाई भेट्न हेलिकप्टरमा जाँदै थिए।

    हेलिकप्टरमा सवार पाचँलाई जिवितै उद्धार गरिए पनि प्रधान सेनापति मिङ र अन्य सात जनाको भने मृ, त्यु भएको साउथ चाइना मर्निङ पोष्टले जनाएको छ।

    मृ तकमध्ये दुई मेजर जेनरल, रक्षा मन्त्रालयका उपप्रमुख, लेफ्टिनेन्ट कर्नेल, एक क्याप्टेन, दुई सिनियर मास्टर सर्जेन्ट र एक मेजर रहेका छन्।

    हेलिकप्टर किन आकस्मिक अवतरण गर्नुपर्‍यो भन्ने कारण खुल्न सकेको छैन।

    जनवरी ११ मा संसद र राष्ट्रपतिको चुनाव हुन लागेको ताइवानमा मतदानको एक साताअघि यो दु  र्घटना भएको हो।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…