काठमाडौं। चीनको ग्वान्जोमा सम्पन्न ‘मिसेस् युनिभर्स २०१९’ मा नेपालबाट सहभागी अनिला श्रेष्ठले दुई उपाधि जित्नुभएको छ । श्रेष्ठले सेमिफाइनलिष्ट र मिसेज लोयलको उपाधि प्राप्त गर्नुभएको छ
ग्वान्जो नान्सा जिम्नाजियममा सोमबार सम्पन्न ४२ औं प्रतियोगितामा ९० देशका विवाहिता महिला सुन्दरीको सहभागिता रहेको थियो । श्रेष्ठलाई ईप्लानेट प्रा.लि.ले ‘मिसेस् नेपाल युनिभर्स २०१९’ प्रतियोगितामा सहभागिताका लागि पठाएको हो । प्रतियोगितामा शीर्ष उपाधि म्यानमारले जितेको थियो ।