• बाहुण्डाँगी । नेपाल जेसीजका नव निर्वाचित अध्यक्ष जेसीआई सिनेटर अशोक शंकरले वर्ष २०२० मा युथ डेभ्लोप्मेन्टका क्षेत्रमा काम गर्ने बताउनु भएको छ ।
    बुधवार पोखरा जेसीज र पोखरा लेडी जेसीजको सयुक्त पद हस्तान्तरण कार्यक्रममा बोल्दै सिनेटर शंकरले आफुले निर्वाचन अभियानका क्रममा विभिन्न शाखाहरुमा पुगेर व्यक्त गरेका विचारहरुलाई व्यवहारमा लागु गर्दै अघि बढ्ने बताउनु भएको हो ।
    ‘मैले चुनावी अभियानमा जे बोलेको छु त्यो अक्षरस पालना गरेर अघि बढ्नेछु’ नेपाल जेसीजको २०२० को सपथ ग्रहणपछि पहिलो औपचारिक कार्यक्रममा बोल्दै सिनेटर शंकरले भन्नु भयो–‘जेसीज अन्तराष्ट्रिय युवाहरुको संगठन भएकाले यस अभियानमा धेरै भन्दा धेरै युवाहरुलाई उत्प्रेरित गर्दै अन्तराष्ट्रिय क्षेत्रमा पुरयाउन विषेश कार्यक्रमहरुका साथ अघि बढ्नेछौँ । देशभरका शाखाहरुमा नेपाल जेसीजका तर्फबाट आवश्यक विभिन्न सर्कलरहरुलाई समयमा उपलब्ध गराउँदै युवाहरुको विकासका लागि विभिन्न कार्यक्रमहरु सञ्चालन गर्नेछौँ । जुन युवा जुन क्षेत्रमा अब्बल छ त्यसमा उसलाई उत्प्रेरित गराएर काम गर्ने अवसर दिनेछौँ ।’
    राष्ट्रिय अध्यक्ष सिनेटर शंकरले २०२० मा भाषणलाई भन्दा कामलाई प्राथमिकता दिने बताउनु भयो ।
    उहाँले २०२० नेपाल जेसीजका लागि विशेष वर्ष समेत रहेकाले नेपाल सरकारले घोषणा गरेको पर्यटन वर्षलाई सफल बनाउन देशभरका शाखाहरुमा पर्यटनका क्षेत्रमा काम गर्ने अभियान ल्याउने बताउनु भयो ।
    नयाँ बजारमा रहेको दरवारथोक व्याङकोइटमा आयोजित विशेष समारोहको सभापति पोखरा जेसीजका २०१९ का अध्यक्ष सन्तोष शाही र पोखरा लेडी जेसीजकी अध्यक्ष सपना गिरीको सयुक्त सभापतित्वमा सम्पन्न भएको थियो ।
    सोही कार्यक्रममा पोखरा लेडी जेसीजले सामाजिक क्षेत्रमा क्रियाशिल एक जना महिलालाई प्रदान गर्दै आएको अस्मिसुस अवार्डबाट सोनु आचार्य सिग्देललाई पुरस्कृत गरिएको थियो । सिग्देल विगत २० वर्षदेखि व्युटिसियन क्षेत्रमा काम गरिरहेकी छिन् । साथै पोखरा जेसीजको उत्कृष्ट सदस्य अवार्डबाट २०१९ की कार्यकारीणी उपाध्यक्ष शोभा भुजेलले प्राप्त गरिन् ।
    कार्यक्रममा विशेष अतिथि नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष एवम क्षेत्र ख का निरुपित कार्यकारीणी उपाध्यक्ष लालमणी भण्डारी, पोखरा महानगरपालिका वडा नम्बर ४ का अध्यक्ष शंकर वास्तोला पोखरा लेडीका पूर्व अध्यक्षहरुको तर्फबाट संगिता पौडेल, नेपाल जेसीजका पूर्व रुाष्ट्रिय अध्यक्ष तथा पोखरा जेसीजका पूर्व अध्यक्षहरुको तर्फबाट राजु केसीलगायतले बोल्नु भएको थियो ।
    कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष सिनेटर विजय गुरुङ, जेसी गोकुल सापोकाटा, जेसी शोभा खरेल, राष्ट्रिय उपाध्यक्षहरु कृष्ण सापकोटा, रमा प्याकुरेल, नेपाल जेसीज २०२० का तालिम आयुक्त शिव सुवेदी, शाखाका पूर्व अध्यक्षहरु, विभिन्न वडा अध्यक्षहरु, विभिन्न संघ संस्थाका प्रतिनिधिहरुहरुको बाक्लो उपस्थिति रहेको थियो ।
    पोखरा जेसीजका तर्फबाट नव निर्वाचित अध्यक्षमा शिवप्रसाद सापकोटा, कार्यकारीणी मिनराज खड्का र कानुनी, सल्लाहकार गणेश गिरी, उपाध्यक्ष कमलराज रेग्मी, सूर्यबहादुर केसी, रविन पौडेल, श्रीकृष्ण सुनार महासचिव अनन्त प्रधाननाङ्ग, कोषाध्यक्ष प्रकाश घिमिरे, सचिव सन्देश पराजुली, सहकोषाध्यक्ष शंकर कडेँललाई सपथ ग्रहण गराइएको थियो । यसैगरी पोखरा लेडीका अध्यक्ष शोभा भुजेल, कार्यकारीणी उपाध्यक्ष अनिता थापा, उपाध्यक्षहरु सुनिता भुजेल, प्रमिला सुवेदी, सपना गिरी, सम्झना बस्नेत, महासचिव गायत्री फुयाँल, कानुनी सल्लाहकार कमला शर्मा, कोषाध्यक्ष लक्ष्मी अधिकारी, निर्देशकहरुमा चन्द्रा राना, रिना पौडेल, सुभद्र बराल, सुजता सापकोटलाई सपथ ग्रहण गराइएको थियो ।
    पोखरा लेडीकी कार्यक्रम संयोजक सुनिता भुजेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन पोखरा जेसीजकी गायत्री फुयाँल र पोखरा जेसीजका महासचिव अनन्त प्रधानानङ्गले सयुक्त रुपमा गरेका थिए ।

सम्वन्धित समाचार

प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यान मध्यावधि निर्वाचनतर्फ केन्द्रित भएको छ । सरकार परिवर्तन गर्न दलहरुबीच सहमत…

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले व्यापक जिम्मेवारी हेरफेरसहित मन्त्रिपरिषद् विस्तार गरेका छन्। शुक्रबार…

१० पौष, उर्लाबारी । मोरङको उर्लाबारीमा उल्लेख्य युवाहरु नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् । नेपाल त…

काठमाडौं । ब्लड क्यान्सरबाट पीडित १६ बर्षीया धनलक्ष्मी दर्नाललाई माउण्ट एभरेष्ट ‘सेवा समाज नेपालले आर्थिक सहय…